काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सलाई ३ रनले पराजित गरेको छ ।
मंगलबार राति सम्पन्न खेलमा सनराइजर्सले दिएको १९४ रनको लक्ष्य पछाएको मुम्बई इण्डियन्सले २० ओभरमा ७ विकेट गुमाउदै १९० रन बनाएपछि खेल ३ रनले हारेको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ६ विकेट गुमाउदै १९३ रन बनाएको थियो ।
यो जितसँगै सनराइजर्स हैदरावादले यस सिजनमा छैटौ जित हासिल गरेको छ । सनराइजर्सको १३ खेलमा १२ अंक भएको छ र अंक तालिकामा आठौ स्थानमा रहेको छ ।
त्यस्तै मुम्बईले भने यस सिजनमा दशौँ हार बेहोरेको छ । मुम्बईले १३ खेलमा १० हार बेहोरेको छ । यस सिजनमा यस अघि नै प्लेअफबाट बाहिरिइसकेको मुम्बईको १३ खेलमा ६ अंक रहेको छ र अंक तालिकामा पुचारमा छ ।