• २०८१ बैशाख १४ शुक्रबार

युक्रेनी सैनिकहरूको उद्धार

kharibot

मारिऊपोल । युक्रेनको बन्दरगाह शहर मारिऊपोलमा अवस्थित एउटा स्टीलकारखानामा रुसी सेनाको घेराबन्दीमा परेका २६४ युक्रेनी सैनिकको उद्धार गरिएको छ ।

युक्रेनी उपरक्षामन्त्रीले रुससँग बन्धक साटासाट सम्झौता अन्तर्गत उनीहरूलाई स्वदेश फर्काइने बताएका  थिए ।

उद्धार गरिएका २६४ युक्रेनी सैनिकमध्ये ५३ जना गम्भीर घाइते रहेका अधिकारीहरूले बताएका छन् । गम्भीर घाइते रहेका ती सैनिकहरुलाई अस्पताल भर्ना गरिएको जनाइएको छ । 

मारिऊपोलस्थित एजोभस्टाल स्टील कारखानामा ८० दिनभन्दा बढी समयदेखि ती सैनिक रुसी फौजको घेराबन्दीमा परेका थिए ।

ती सैनिकहरूको उद्धार कार्यमा संयुक्त राष्ट्रसंघ र रेडक्रम संलग्न रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

उक्त बन्दरगाह शहरमाथि कब्जा गर्ने अभियानमा करिब २० हजार रुसी सैनिक संलग्न रहेका युक्रेनी सेनाले दाबी गरेका छन् ।

रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा रहेको उक्त बन्दरगाह शहरमाथि रुसी फौजहरूले अतिक्रमणको शुरूदेखि नै बमबारी गर्दै आएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै