काठमाडौँ । मंगलबार सुनको मुल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ११ सयले घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ७ सयमा कारोबार भइरहेको छ । यस अघि गत विहिबार सुन तोलामा ९७ हजार ८ सयमा कारोबार भएको थियो ।
त्यसैगरी आज तेजावी सुन तोलाको ९६ हजार २ सयमा कारोबार भएको छ ।
त्यसैगरी आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।