• २०८१ असोज १ मंगलबार

काठमाडौँको किर्तिपुर नगरपालिकामा काँग्रेस विजयी

kharibot

काठमाडौँ । काठमाडौँको किर्तिपुर नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका मेयर उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका केश रत्न बज्राचार्यले ५ हाजर ५०७ मत ल्याएका छन् ।

त्यसैगरी उपमेयरमा पनि काँग्रेस उम्मेदवार शुभलक्ष्मी शाक्य विजयी भएकी छन् । शाक्यले ८ हजार ६६५ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्दी एमालेकी विन्दु महर्जनले ७ हजार २०६ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी १० वडा रहेको किर्तिपुरमा ९ वडामा काँग्रेसले जितेको छ भने एक वडामा स्वतन्त्र उमेद्वारले जितेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै