काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले लखनउ सुपरजाइन्टलाई २४ रनले पराजित गरेको छ ।
राजस्थान रोयल्सले दिएको १७९ रनको लक्ष्य पछाएको लखनउ सुपर जाइन्टले २० ओभरमा ८ विकेट गुमाउदै १५४ रन बनाएको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउदै १७८ रन बनाएको थियो ।
यो जितपछि राजस्थान अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । राजस्थानको १३ खेलमा ८ जितसहित १६ अंक रहेको छ ।
१३ खेलमा १६ अंक नै रहेको लखनउ रनरेटका आधारमा तेस्रो स्थानमा रहेको छ ।









