• २०८१ बैशाख १४ शुक्रबार

अहिलेसम्म १० पालिकाको अन्तिम परिणाम, कसले कति जिते ?

kharibot

काठमाडौँ । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम आउनेक्रम जारी रहेको छ । अहिलेसम्म १० पालिकाको अन्तिम परिणाम आइसकेको छ ।

जसमा नेकपा एमालेले ५ पालिका प्रमुख जितेको छ भने नेपाली काँग्रेसले ३ र एकीकृत समाजवादीले २ पालिकामा जितेको छ । एकीकृत समाजवादीले २ र एमालेले एक पालिकामा निर्बिरोध जितेको थियो ।

अहिलेसम्म अन्तिम परिणाम आएका पालिका:  

एकीकृत समाजवादी  

१- काइके गाउँपालिका (डोल्पा) - अंगद कुमार राना
२- छार्का ताईसोइ गाउँपालिका (डोल्पा)- सेनाङ गुरुङ   

एमाले

१- शे फोक्सुण्डो गाउँपालिका (डोल्पा)- धावा सन्दुक गुरुङ
२- लो-घेकर दामोदरकुण्ड गाउँपालिका (मुस्ताङ)- लोप्साङ छोम्पेल विष्ट
३- चामे गाउँपालिका (मनाङ)- लोकेन्द्रबहादुर घले 
४- मनाङ ङिस्याङ गाउँपालिका (मनाङ)- कान्छा घले
५- वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (मुस्ताङ)- रिङजीन नामगेल गुरुङ   

नेपाली काँग्रेस

१- घरपझोङ गाउँपालिका (मुस्ताङ)- मोहनसिंह लालचन
२- नार्पाभूमि गाउँपालिका (मनाङ)- कोन्जो तेन्जिङ लामा 
३- नासों गाउँपालिका (मनाङ)- धनबहादुर गुरुङ  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै