काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले इल्चेलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले इल्चेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिको म्याड्रिडको जितमा माथेस कुन्हा र रोड्रीगो डे पाउलले एक एक गोल गरेका हुन् ।
एटलेटिकोले दुवै हाफमा एक एक गोल गरेको थियो ।
यो जितपछि एटलेटिको म्याड्रिडको ३६ खेलमा ६७ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ ।
यस सिजनको लिगको उपाधि रियल म्याड्रिडले जितिसकेको छ भने बार्सिलोना २६ खेलमा ७२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी इल्चेको ३६ खेलमा ३९ अंक छ र लिगमा १४औं स्थानमा रहेको छ ।