• २०८१ बैशाख १५ शनिबार

कच्चापदार्थमा लाग्ने भन्सार शुल्क ५ प्रतिशत बनाउन पेन्टस् उद्योग व्यवसायीको माग

kharibot

काठमाडौं । नेपाल पेन्ट्स उद्योग संघले तयारी वस्तु र कच्चा पदार्थको मूल्य एउटै भएको उल्लेख गर्दै कर घटाउन माग गरेका छन्। पेन्ट उद्योगहरूले आयातित कच्चा पदार्थमा भन्सार विभागबाट बेहोरिरहेको अधिकतम भन्सार शुल्क समस्याबारे ध्यानाकर्षण गराउन पेन्ट उद्योग संघले काठमाडौँमा पत्रकार सम्मेलन गरेको छ ।

हाल नेपालको बैङ्किङ क्षेत्रमा देखिएको तरलता सङ्कट तथा विदेशी मुद्रा सञ्चितिमा आएको हासलाई मध्यनजर गरी आउँदा दिनहरूमा तयारी पेन्टको आयातमा सरकारले काउण्टर भेलिङ शुल्क लगाउन सक्ने सम्भावनाको आँकलन गर्दै नेपाल पेन्ट्स उद्योग संघ (एनपिएम)द्वारा उक्त सम्मेलन गरिएको हो ।

एक्रिलिक पोलिमर सबै पानीमा आधारित पेन्ट तयार गर्नको लागि आवश्यक एक मुख्य कच्चा पदार्थ हो,यसको आयातमा सरकारलाई ३० प्रतिशतसम्म भन्सार तिर्नुपरेको संघले बताएको छ। आजको दिन सम्म हेर्दा, पानीमा आधारित पेन्ट कुल बिकीको लगभग ७५ प्रतिशत अनुपातमा रहेको छ । एक्रिलिक पोलिमरको आयातमा सरकारले तोकेको कर बजारमूखी नरहेको पेन्ट उद्योग संघको ठहर छ । 

सङ्घका अनुसार इमल्सन एचएसएन कोड ३९.०६ अन्तर्गत वर्गिकृत गरिएको वाटर वेस्ड पेन्टहरूका लागि कच्चा पदार्थ भए पनि २०७६ मा भन्सार विभागले जारी गरेको पत्र अन्तर्गत एक्रिलिक पोलिमर लाई फिनिस्ड गुड, पेन्ट एण्ड भार्निसका लागि तोकिएको कोड ३२.०९ अन्तर्गत वर्गिकृत गर्न निर्देशन दिइएको छ ।

एचएसएन ३९.०६ अन्तर्गत आयातमा १० प्रतिशत मात्र तिर्नुपर्ने र साफ्टा सुविधापनि पाइनेछ तर ३२.०९ कोडअन्तर्गत भन्सार मूल्याकन गर्दा ३० प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने र साफ्टामा पनि तयारी उत्पादनका लागि केही प्रावधान नरहेको संघले जनाएको छ ।

क्याबिनेटले ३२.०९ कोड अन्तर्गत भित्रिने इमल्सनको भन्सार २० प्रतिशतमा झारे पनि पेन्टका लागि आवश्यक पर्ने प्रमुख पदार्थमा भने भन्सार शुल्क प्रभावकारी रुपमा १० प्रतिशत देखि २० प्रतिशतमा पुगेको उद्योगीले बताएको छ ।  

उद्योगीहरुले एक्रिलिक पोलिमरमा श्रीलंका, बंगलादेश, भारतजस्ता छिमेकी मुलुकमा १० प्रतिशतसम्म भन्सार शुल्क लाग्ने गरिएकोमा नेपालमा बढी रहेको बताएका छन्।

त्यस्तै वित्तीय ऐन २०७७/७८ ले टाइटेनियम डाइअक्साइडको आयातमा १५ प्रतिशतबाट घटाएर ५ प्रतिशत गरेको छ । पेन्ट उद्योगहरुले टाइटेनियम डाइअक्साइडलाई ३२.०६.११ मा आयात गर्ने गरेको हुनाले चएसएन कोड सच्याउन नेपाल पेन्ट उद्योगको माग गरेको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै