• २०८१ बैशाख १६ आइतबार

भरतपुरलाई स्मार्ट सिटी बनाउने बाटोमा अगाडी बढायौं- रेणु दाहाल

kharibot

काठमाडौं । भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयर पदको उम्मेदवार रेणु दाहालले आफुले पछिल्लो पाँच बर्षमा  विकास र स्मार्ट सिटी बनाउने बाटोमा अगाडी बढेको बताएकी छन् ।

बिहीबार आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले गएको पाँच वर्षमा भरतपुरमा आफूहरूले विकासको ‘कास्टिङ’ गरेको बताएकी छन् ।

उनले भनिन्-  'हामीले पाँच वर्षभित्र कामको कास्टिङ देखायौँ । धेरै आयोजनाको काम अघि बढाएर कास्टिङ देखाइसक्यौँ । गठबन्धनका उम्मेदवारलाई जिताउनुहोस् ।'

दाहालले आफु शिक्षाको क्षेत्रमा धेरै काम गरेको बताउदै शिक्षामा सबै भन्दा बढी बजेट खर्च गरेको बताइन । उनले महानगरका ६९२ जना विपन्न विद्यार्थीलाई बार्षिक छात्रवृति दिएको बताउदै गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई बार्षिक छात्रवृत्ति दिएको बताइन । उनले आफ्नो कार्यकालमा पाँच वर्षमा ६२२ किलोमिटर सडक विस्तार गरेको बताउदै चार अर्ब ७२ करोड लगाएर नारायणीको तटबन्धन निर्माण भएको बताइन । दाहालले भरतपुरलाई आर्थिक केन्द्रको रुपमा विकास गर्न पूर्वाधार निर्माणको काम यस अवधिमा बनेको बताइन ।

उनले गठबन्धनलाई बलियो बनाएर अगाडी लैजाने भन्दै आगामी दिनमा पनि मिलेर अगाडी बढ्नुपर्ने बताइन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै