• २०८३ मङ्सिर १ मंगलबार

मुम्बई इण्डियन्सको यस सिजनको नवौं खेलमा पहिलो जित

मुम्बई इण्डियन्सको यस सिजनको नवौं खेलमा पहिलो जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले पहिलो जित हासिल गरेको छ ।

यसअघि लगातार आठ खेलमा हार बेहोरेको मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गर्दै यस सिजनको पहिलो खेल जितेको हो ।

राजस्थानले दिएको १५९ रनको लक्ष्य पछाएको मुम्बईले १९.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

मुम्बईका लागि सूर्यकुमार यादवले सर्बाधिक ५१ रन बनाए भने तिलक बर्माले ३५ रन बनाए । त्यस्तै इशान किशनले २६, टिम डेविड २० र केरन पोलार्डले १० रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउदै १५८ रन बनएको थियो । राजस्थानका लागि जोस बटलरले ६७ रन बनाए भने आर आश्विनले २१ रन बनाएका थिए ।

यो जितसँगै मुम्बई इण्डियन्सले यस सिजनको नवौं खेलमा पहिलो जित हासिल गरेको छ । त्यस्तै राजस्थानले भने ९ खेलमा तेस्रो हार बेहोरेको छ र १२ अंकसहित हाल दोस्रो स्थानमा रहेको छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै