• २०८३ मङ्सिर १ मंगलबार

रियल म्याड्रिडमाथि म्यानचेस्टर सिटीको रोमाञ्चक जित

रियल म्याड्रिडमाथि म्यानचेस्टर सिटीको रोमाञ्चक जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा सिटीले खेलको दोस्रो मिनेटमा नै केभिन डी ब्रुनेको गोलमा अग्रता लिएको थियो । त्यसपछि खेलको ११औं मिनेटमा गाब्रियल जिससको गोलमा सिटीले आफ्नो अग्रता दोब्बर पारेको थियो ।

त्यसपछि खेलको ३३औं मिनेटमा रियल म्याड्रिडका लागि करिम बेन्जमाले गोल गरेका थिए । 

पहिलो हाफमा २-१ गोलको अन्तरले म्यानचेस्टर सिटीले अग्रता बनाएको थियो ।

त्यसपछि खेलको ५३औं मिनेटमा म्यानचेस्टर सिटीका लागि फिल फोडेनले गोल गरे भने खेलको ५५औं मिनेटमा भिनिसियस जुनियरले रियल म्याड्रिडका लागि दोस्रो गोल गरेका थिए ।

त्यसपछि खेलको ७४औं मिनेटमा ब्रेर्नार्डो सिल्भाले म्यानचेस्टर सिटीका लागि चौथो गोल गरेका थिए । त्यस लगत्तै खेलको ८२औं मिनेटमा रियल म्याड्रिडले पेनाल्टी पायो र करिम बेन्जमाले गोल गरेका थिए ।

अत्यन्त प्रतिष्पर्धात्मक खेलमा म्यानचेस्टर सिटी आफ्नो घरेलु मैदानमा ४-३ को नतिजा निकाल्न सफल भयो ।

अब सेमिफाइनलको दोस्रो लिग रियल म्याड्रिडको घरेलु मैदानमा मे ५ मा हुने छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै