काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई सुपर किंग्सलाई पराजित गरको छ । सोमबार राति सम्पन्न खेलमा पञ्जाव किंग्सले चेन्नईलाई ११ रनले पराजित गरेको हो ।
पञ्जावले दिएको १८८ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउदै १७६ रन बनाएपछि खेल ११ रनले हारेको हो ।
चेन्नईका लागि अम्बाती रायाडूले सर्बाधिक ७८ रन बनाए भने रुतुराज गायकवाडले ३०, कप्तान रविन्द्र जडेजाले २१ तथा महेन्द्र सिंह धोनीले १२ रन बनाए ।
पञ्जावका बलर कागीसो रबाडा र ऋषि धवनले २-२ विकेट लिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जावले २० ओभरमा ४ विकेट गुमाउदै १८७ रन बनाएको थियो ।
पञ्जावकाया लागि शिखर धवनले ८८ रन बनाए भने भानुका राजापाक्षेले ४२ रन बनाए । त्यस्तै लिआम लिभिङस्टोनले १९ र कप्तान मयंक अग्रवालले १८ रन बनाए ।
यो जितपछि पञ्जावले आफ्नो ८ खेलमा चौथो जित हासिल गरेको छ र ८ अंक सहित अंक तालिकामा छैटौ स्थानमा रहेको छ ।
त्यस्तै चेन्नईले भने यस सिजनमा ८ खेलमा छैटौं हार बेहोरेको छ ।









