काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।
शनिबार राति सम्पन्न खेलमा बैंगलोरले दिल्लीलाई १६ रनले पराजित गरेको हो ।
बैंगलोरले दिएको १९० रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउदै १७३ रन बनाएपछि खेल १६ रनले गुमाएको थियो ।
दिल्लीका लागि डेभिड वार्नरले सर्बाधिक ६६ रन बनाए भने कप्तान ऋषव पन्तले ३४ रन बनाए । त्यस्तै पृथ्वी शा ले १६, मिचेल मार्शले १४, श्रदुल ठाकुरले १७ रन बनाए ।
त्यस्तै बैंगलोरका जोश हजेलवूडले ३ विकेट लिए भने मोहमद सिराजले २ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १८९ रन बनाएको थियो । बैंगलोरका लागि दिनेश कार्तिकले सर्बाधिक ३४ बलमा अविजित ६६ रन बनाएका थिए । त्यस्तै ग्लेन म्याक्सवेलले ३४ बलमा ५५ रन बनाएका थिए । त्यस्तै शाह्बाज अहमदले ३२ रन बनाएका थिए ।
यो जितपछि बैंगलोरको ६ खेलमा चौथो जित हासिल गर्दै ८ अंक हासिल गरेको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै दिल्लीले ५ खेलमा तेस्रो हार बेहोरेको छ र ४ अंकसहित आठौ स्थानमा रहेको छ ।









