काठमाडौँ । आगामी नोभेम्बरमा कतारमा हुने विश्वकप फुटबलको समुहको ड्र गरिएको छ । साथै विश्वकपको पहिलो खेल आयोजक कतार र इक्वेडरबीच नोभेम्बर २१ मा हुने भएको छ ।
त्यस्तै सोहि दिन इङल्याण्डले आफ्नो पहिलो खेल इरानविरुद्ध खेल्ने भएको छ ।
विश्वकपका खेलहरु:
- समूह चरण: नोभेम्बर २१ देखि डिसेम्बर २ सम्म
- राउण्ड १६ : डिसेम्बर ३ देखि डिसेम्बर ६ सम्म
- क्वाटरफाइनल: डिसेम्बर ९ र १०
- सेमिफाइनल: डिसेम्बर १३ र १४
- तेस्रो र चौथो स्थान: डिसेम्बर १७
- फाइनल: डिसेम्बर १८









