• २०८१ बैशाख १५ शनिबार

एभरेष्ट बैंकद्वारा जमल, महाराजगंज र जरङखुमा नयाँ शाखा उद्घाटन

kharibot

काठमाडौँ । एभरेष्ट बैंकले एकैदिन जमल, महाराजगंज र जरङखुमा आफ्नो नयाँ शाखाहरु उद्घाटन गरेको छ ।जमल शाखाको उद्घाटन एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खाङ्गिग र राष्ट्रिय नाचघरका, महाप्रबन्धक अशोक कुमार राईले संयुक्त रुपमा गरेका छन् । 

त्यसैगरी, महाराजगंज शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र काठमाण्डौ महानगरपालिका वडा. नं ०४ का वडा अध्यक्ष मोहन बहादुर बिष्टले संयुक्त रुपमा गरेका छन् । साथै, जरङखु शाखाको उद्घाटन एभरेष्ट बैंकका संचालक डा. बाल गोपाल बैद्य र तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहोराले संयुक्त रुपमा गरेका छन् । 
  
उक्त उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत सुदेश खाङ्गिगले तीन वटै स्थानका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासनका व्यक्त गरेका छन् । 
 
यस बैंकमा हालसम्म करिब १२ लाख ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११५ शाखा संजाल, प्रादेशिक कार्यालय , १४८ एटीएम  सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय