• २०८३ मङ्सिर २ बुधबार

एल क्लासिकोमा बार्सिलोनाको शानदार जित

एल क्लासिकोमा बार्सिलोनाको शानदार जित

काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिकोमा शानदार जित हासिल गरेको छ ।

गएराती रियल म्याड्रिडको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोना ४-० गोल अन्तरले विजयी भएको हो ।

बार्सिलोनाको जितमा पिएयरे एमरिक आउबामेयांगले दुई गोल गरेका थिए भने रोनाल्ड अराउजो र फेरान टोरेजले एक एक गोल गरेका थिए ।

यस खेलपछि यो सिजनमा संघरत बार्सिलोना आफ्नो पुरानो लयमा फर्किएको विश्लेषण गरिएको छ । साथै यसको प्रमुख श्रेय प्रशिक्षक जाभीलाई दिइएको छ ।

यो जितपछि बार्सिलोनाको २८ खेलमा ५४ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ ।

त्यसैगरी हार बेहोरेको रियल म्याड्रिडको २९ खेलमा ६६ अंक छ र ला लिगाको शिर्ष स्थानमा कायम छ ।  रियल म्याड्रिड दोस्रो स्थानमा रहेको सेभियासँग अझै ९ अंकले अगाडी छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै