• २०८१ कार्तिक १६ शुक्रबार

इन्जिनियर एशोसिएशनको मतदान जारी

kharibot

काठमाडौँ । नेपालभरका इन्जिनियरको छाता संस्था नेपाल इन्जिनियर एशोसिएशन (नेइए)को नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भइरहेको छ ।

एशोसिएशनको ३३ औँ कार्यकारिणी समितिका लागि आज देशभरका सातै प्रदेशको १४ स्थानमा एकैसाथ मतदान भइरहेको छ । निर्वाचनका लागि पाँच समूहको प्रतिस्पर्धा रहेको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर (सिडेन)ले इ डा हरिबहादुर दर्लामीको समूहलाई उम्मेदवार बनाएको छ । उक्त उम्मेदवारीप्रति रुष्ट बन्दै कांग्रेसकै  दिलीपकुमार झाको नेतृत्वमा अर्को समूहसमेत चुनावी मैदानमा होमिएको छ ।

यस्तै नेकपा एमाले निकट राष्ट्रिय प्रगतिशील गठबन्धनका इ डा सुरज लामिछाने, नेकपा (माओवादी केन्द्र) र (एकीकृत समाजवादी) एकीकृत प्रगतिशील समूहका तर्फबाट इ डा हरिराम पराजुली र नेपाल मजदुर किसान पार्टी निकट इन्जिनियर समाज नेपालका इ राजेन्द्रप्रसाद हाडाको समूह प्रतिस्पर्धामा उत्रिएका छन् ।

निर्वाचन समिति संयोजक इ घनश्याम भट्टराईले बिहान ९ बजेदेखि सुरु भएको मतदानमा हालसम्म काठमाडौँमा मात्र दुई हजारभन्दा बढी मत खसिसकेको जानकारी दिए ।

निर्वाचन समितिले २५ बुथमा मतदानको व्यवस्था मिलाएको र  काठमाडौँमा मात्र ११ हजारभन्दा बढी मतदाता छन् । देशभरका १४ स्थानमा बिहान ९ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ ।

देशभर २१ हजार ६८० मतदाता छन् । निर्वाचनले २५ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुने एशोसिएशनले जनाएको छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै