• २०८१ बैशाख १४ शुक्रबार

नयाँ पोजेटिभ देखिएको छैन – स्वास्थ्य मन्त्रालय

kharibot

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले अहिलेसम्म १७ सय ९६ नमुना परिक्षण भएको जानकारी दिएको छ ।  

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङका क्रममा जानकारी दिएका छन् । 

प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म केन्द्रीय प्रयोगशाला टेकुमा १७ सय ९६ नमुना परिक्षण भएको बताउदै काठमाडौँ बाहिर ९ ठाउमा परिक्षण सुचारु भएको बताए ।

नेपालमा कोरोना दोस्रो चरणमा रहेकाले टेस्टको दायरा बढाउने र क्वारेन्टाइनमा अनिवार्य बस्ने गरि दुई रणनिति मुख्य रहेको प्रवक्ता देवकोटाले बताए । 

अहिले कंचनपुर र कैलालीमा र्यापिड टेस्ट र स्व़ाब परिक्षणबाट दुवै किसिमले नमुना संकलन भइरहेको उनले बताए । अहिलेसम्म कन्चनपुरमा २१ र कैलालीमा १८ नमुना संकलन स्व़ाब संकलन गरिएको उनले बताउदै सो क्षेत्रबाट ४ सय नमुना संकलन गर्ने लक्ष्य रहेको उनले बताए ।

त्यस्तै अहिले काठमाडौँ उपत्यकामा आइसोलेसन १६ जना र  काठमाडौँ बाहिर ८४ जना गरि सय जना आइसोलेसनमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

त्यस्तै देशभर अहिलेसम्म ९ हजार २२८ जना क्वारेन्टाइनमा रहेको उनले जानकारी दिएका छन् ।

प्रवक्ता देवकोटाले अहिले थप पोजेटिभ नदेखिएको जानकारी दिदै यस अघि पोजेटिभ देखिएका ८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै