• २०८१ बैशाख १४ शुक्रबार

म्यानचेस्टर सिटीका प्रशिक्षक पेपकी आमाको कोरोनाबाट निधन

kharibot

फाइल तस्बीर

काठमाडौँ । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप गोआर्डीओलाकी आमाको कोरोना संक्रमणपछि निधन भएको छ ।

म्यानचेस्टर सिटीले सो बारेमा जानकारी दिदै पेपकी ८२ बर्षिय आमाको कोरोनाबाट स्पेनको बार्सिलोनामा मृत्यु भएको बताएको छ ।

स्पेन अहिले कोरोनाको प्रमुख प्रभावित देश मध्ये एक हो । त्यस्तै स्पेनका प्रमुख शहर म्याड्रिड र काटालुना क्षेत्र सबैभन्दा प्रभावित रहेका छन् ।

स्पेनमा अहिलेसम्म १३ हजार ५५ जनाको मृत्यु भएको छ भने बार्सिलोना शहर रहेको काटा लुना क्षेत्रमा २७ सय ६० र म्याड्रिड शहरमा ५ हजार १३६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै