• २०८१ बैशाख १४ शुक्रबार

फिल्म 'पञ्जेबाजा' मा भिलेन बन्दै सौगात 

kharibot

काठमाडौँ । नयाँ फिल्म 'पञ्जेबाजा' को घोषणा गरिएको छ । सौगात मल्ल, कर्माको मुख्य भूमिका रहेको फिल्म 'पञ्जेबाजा'को बिहीवार राजधानीमा एक कार्यक्रमका शुभ मुहूर्त गरिएको छ । काठमाण्डौको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । 

निउ भेनस फिल्मस्को प्रस्तुतीमा बन्न लागेको यो फिल्ममा सौगात मल्ल, कर्मा, जस्मिन श्रेष्ठ र श्रृजना सुब्बाको मुख्य भूमिका हुनेछ । फिल्ममा सौगात भिलेनको भूमिकामा हुने छन् भने कर्मा र जस्मिन प्रेमी प्रेमिकाको भूमिकामा हुने बताइएको छ ।

राजेश शाहीको लगानीमा निर्माण हुने फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद छ भने कालिप्रसाद बाँस्कोटा र विकास चौधरीको संगीत रहनेछ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै