• २०८१ बैशाख १४ शुक्रबार

दर्शकले हुलदंगा गरेको खेलमा इभर्टन विजयी 

kharibot

काठमाडौँ । युरोपा लिग छनौट खेलमा इभर्टन र हाजदक स्प्लिटबिचको खेल दर्शकका कारण तानवपूर्ण बनेको छ । दर्शकले मैदानमा हुलदंगा गर्दा केहीबेर अवरुद्ध भएको खेलमा इभर्टन २-० ले विजयी भएको छ । 

इभर्टनका मिचेल केनले हेडमार्फत ३० औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । केनले गोल गरेको केहीबेरमै दर्शकहरुले मैदानमा विभिन्न वस्तु फाल्दै विज्ञापनका बोर्डहरु भत्काउने गर्न थाले । उनीहरु मैदानमा नै प्रवेश गर्न खोजेका थिए । जसका कारण झण्डै ५ मिनेट खेल रोकिएको थियो । 

खेल पुनः सुरु भएपछि ४५ औँ मिनेटमा इभर्टनका इड्रीसा गुएयेले गोल गरेर अग्रता बढाए । यससँगै पहिलो लिग इर्भटनले २–० गोल अन्तरले जित्यो । 
जितसँगै इभर्टनको युरोपा लिगको समूह चरणमा पुग्ने सम्भावना बलियो भएको छ । खेलको दोस्रो लिग आगामी बिहीबार हुनेछ ।   

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै