आइतबारदेखि प्रदेश ४ का सबै मन्त्रालय सञ्चालनमा आउने

खरीबोट
ad

पोखरा ।  प्रदेश नं ४ का सबै मन्त्रालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । 

सो प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग पर्यटन वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालय स्थापना भइसकेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता झलकराम सुवेदीका अनुसार केही मन्त्रालयमा सचिवले जिम्मेवारी सम्हालिसक्नुभएको छ भने आर्थिक मामिला मन्त्रालयका सचिव विष्णुराज ढकाल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव भरतप्रसाद अर्याल र सामाजिक विकास मन्त्रालयका सचिव कृष्णमुरारी न्यौपानेले आइतबार जिम्मेवारी सम्हाल्नुहुनेछ । 

यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवका रुपमा लक्ष्मण अर्यालसहित सचिवद्वय लालमणि ओझा र धर्मराज कुइँकेलले जिम्मेवारी सम्हालिसक्नुभएको छ भने आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवमा फणीन्द्रमणि पोखरेल र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवमा डा बुद्धिसागर पौडेलले जिम्मेवारी सम्हाल्नुभएको छ । 

मन्त्रालयमध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा आन्तरिक मामिला र आर्थिक मामिला मन्त्रालय सीप विकास केन्द्रको नवनिर्मित भवनमा स्थापित भएका छन् भने उद्योग, पर्यटन र वन मन्त्रालय क्षेत्रीय वन निर्देशनालयको भवनमा, भौतिक पूर्वाधार मन्त्रालय शहरी विकास डिभिजन कार्यालयको भवनमा र सामाजिक विकास मन्त्रालय क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा राखिएको छ । 

सम्बन्धित समाचार

मोदी गाउँपालिकाको केन्द्र परिवर्तन गर्न सिफारिश

पोखरा । प्रदेश नं ४ को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पर्वतको मोदी गाउँपालिकाको केन्द्र परिवर्तनका लागि सिफारिश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी गराउँदै प्रदेश सरकारका प्रवक्ता एवं

प्रदेश ४ का सभामुख मेडिसिटी अस्पतालमा भर्ना

पोखरा ।  प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारीलाई थप उपचारका लागि आज बिहान हेलिकप्टरद्वारा ललितपुर लगिएकोछ ।  निवासको शौचालयमा अचानक लडेर टाउँकोमा गम्भीर चोट लागेका सभामुख अधिकारीको अहिले ललितपुरस्थित मेडिसिटी न्यूरो

प्रदेश ४ को बजेटमा पर्यटन क्षेत्रको विकास र विस्तारमा जोड

पोखरा ।  प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बुधबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७४÷७५ को बाँकी अवधिको राजश्व र व्ययको अनुमानका सम्बन्धमा छलफल

प्रदेश ४ को नामकरणका लागि हस्ताक्षर अभियान शुरु

नवलपरासी । प्रदेश नं ४ को नाम गोर्खा प्रदेश राख्नका लागि दबाबस्वरुप पूर्वी नवलपरासीमा हस्ताक्षर अभियान शुरु गरिएको छ ।  प्रदेश नामकरणको विषयमा देशभरि चर्चा परिचर्चा चलिरहेका बेला प्रदेश नं ४

Loading...

Loading...