धनुषामा नवविवाहितालाई ज्यूँदै जलाई हत्या गर्ने प्रयास

खरीबोट

फाइल फोटो ।

महेन्द्रनगर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक नवविवाहिता महिलालाई ज्यूँदै आगो लगाएर हत्या गर्ने प्रयास भएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका वडा नं ८ हार्सर टोलकी २० वर्षीया हजरा खातुनलाई घरपरिवारले मट्टीतेल जिउमा छर्केर आगो लगाई हत्या गर्ने प्रयास गरेका छन् । 
हजाराको शरीरको लगभग सबैजसो भाग जलेको छ । आगजनीले गम्भीर घाइते हजराको उपचार काठमाडौँको कीर्तिपुर अस्पतालमा भइरहेको पीडितका परिवारजनले बताएका छन् । 

हजरा क्षीरेश्वरनाथ नगरपालिका–८ हार्सरका स्थानीयवासी अखिलेश कवारीका छोरा २४ वर्षीय रसिद राइनकी पत्नी हुन् । आगोले जलेको घटना गत शनिबार बिहान ९ बजेको हो । घरमै जलेर गम्भीर घाइते भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटी गएको प्रहरीको टोलीले उद्धार गरी हजरालाई उपचारका लागि पठाएको जानकारी प्रहरी निरीक्षक नरेश सिंहले गराए । प्रनि सिंहले घटनास्थलबाटै प्रहरीले हजराका पति रसिदलाई पक्राउ गरेको छ । 

माइती पक्षले छोरी हजराको सम्बन्धविच्छेद गर्न नमान्दा घरपरिवारका सबै सदस्य मिली मट्टीतेल छर्केर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेको भन्दै प्रहरीमा पाँचजनाविरुद्ध किटानी जाहेरी दिएको छ । 

हजराकी आमा जनकपुर उपमहानगरपालिका–२० देवपुरा रुपैठा बस्ने तैरुल खातुनले हजराका पति रसिद, ससुरा ५५ वर्षीय अलिशेख कवारी, ५० वर्षीया सासू रामसुनरी खातुन र २० वर्षीया नन्द जाहिर खातुनमाथि उजुरी दिनुभएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

तर प्रहरीले हालसम्म हजराकी पति रसिदबाहेक कसैलाई पक्राउ गरेको छैन । इप्रका महेन्द्रनगरका अनुसार छिमेकले हजरा आफैँले आगो लगाई आत्महत्याको प्रयास गरेकाले उनका पतिलाई मात्र हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार

महोत्तरी र धनुषा जोड्ने रातु नदीको पुल बन्यो, साउनभित्रै सवारी चल्ने

बर्दिवास। पूर्वपश्चिम राजमार्गको महोत्तरी र धनुषा जिल्लाको सीमा नदी रातुमा निर्धारित अवधिभन्दा १६ महिनाअघि नै नयाँ पुल निर्माण कार्य सम्पन्न हुने भएको छ ।  २०७३ साल असार २९ मा सम्झौतापत्रमा हस्ताक्षर

धनुषाको दशगजा क्षेत्रमा नेपाली पक्षको अनुगमन तथा नापी सुरु

जनकपुरधाम । धनुषा जिल्लाको नगराईन नगरपालिकास्थित जटही पिपरौनको दशगज्जा क्षेत्रमा भारतीय पक्षले नेपाली भुमीमा कस्टम कार्यालय बनाउन लागेपछि  भएको विरोधको एक महिनापछि  नेपालका तर्फबाट नापीको काम सुरु भएको छ ।  करिब एक

दाजुभाईको विवादले धनुषा, महोत्तरी र सिन्धुलीमा पेट्रोलियम पदार्थको हाहाकार

जनकपुरधाम । पेट्रोलियम पदार्थको कृत्रिम आभाव गर्ने धनुषाका दुई जना दाजु भाईलाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुको विवादका कारण धनुषा, महोत्तरी र सिन्धुलीमा जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार भएको छ ।

महोत्तरी कारागारमा तीन गुणाभन्दा बढी कैदी तथा बन्दीका कारण समस्या

गौशाला /  महोत्तरी र धनुषाका साथै केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागारमा तीन गुणाभन्दा बढी कैदी तथा बन्दी छन् ।  एक सय पैतिस जनासम्मको कैदी तथा बन्दी