• २०८१ बैशाख १४ शुक्रबार

काल्सबर्गको ग्राहक क्याम्पियनको विजेताले सालहलाई प्रदान गरे लिभरपुलमा म्यान अफ द म्याच अवार्ड 

kharibot

काठमाडौँ । काल्सवर्गको फच्र्युन फेबर्स द फ्यान्स प्रोब्याब्लीका विजेता रबिन श्रेष्ठले फेबु्रअरी ४ मा एन्फिल्ड स्टेडियम लिभरपुलमा भएको लिभरपुल विरुद्ध टोट्टेन्हम्को खेलमा मोहमद सालाहलाई काल्र्सवर्ग म्यान अफ द म्याच अवार्ड प्रदान गरे ।

लिभरपुल एफसीसँगको आफ्नो साझेदारीको २५औं वार्षिकोत्सवको उत्सव मनाउनका लागि काल्र्सवर्गले फच्र्युन फेबर्स द फ्यान्स प्रोब्याब्ली क्याम्पियनको लक्की ड्रबाट छानिएका ३ विजेताहरुलाई लिभरपुल पठाएको थियो । भाग्यशाली विजेताहरु रबिन श्रेष्ठ (रीफ रेष्टुरेन्ट एण्ड लाउन्ज बार), शालिग्राम कडेल (अमृत ट्रेडर्स्) र दवाङ्ग तमाङ्ग (ईबिजा लाउन्ज एण्ड बार) थिए । विभिन्न मडियाको अगाडि लक्की ड्र यही पौष १४ गते गरिएको थियो ।

काल्सवर्गले यो जीवनमा एक पटक आउने अवसरलाई नेपालका लिभरपुलका प्mयानहरुका लागि एन्फिल्ड स्टेडियम लिभरपुलमा लिभरपुल विरुद्ध टोट्टेन्हम्को खेल प्रत्यक्षरुपमा हेर्न भिआईपी हस्पिट्यालिटी प्याकेज जित्ने अवसरको सृजना गरेको थियो ।

यो विशेष क्याम्पियनमा भाग लिनको लागि काल्सवर्गका उपभोक्ताहरुले काल्सवर्ग बोटलको खरिद गर्नुपर्ने थियो । लक्की ड्रको लागि मान्य हुनको लागि उपभोक्ताहरुले हरेक काल्सवर्ग बोटलको खरिदमा आउने एउटा कुपन भर्नुपर्ने थियो ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै