• २०८१ बैशाख १४ शुक्रबार

ओपो एफफाइभ ड्यासिङ् ब्ल्यू लिमिटेड एडिशन सार्वजनिक हुँदै

kharibot

काठमाडौं । ओपोले विभिन्न उत्सव, चाडपर्व लगायतको अवसर पारी आफ्ना फोनका विभिन्न मोडलमा आधारित लिमिटेड एडिसन स्मार्टफोन सार्वजनिक गर्दै आइरहेको छ । यस पटक भ्यालेन्टाइन्स् डेको अवसर पारेर कम्पनीले ओपो एफफाइभको ड्यासिङ ब्ल्यू एडिसन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । 

अहिले सम्म सार्वजनिक गर्ने निश्चित मितिको निक्र्यौल भई नसकेको भएतापनि ओपो एफफाइभ ड्यासिङ ब्ल्यू भ्यालेन्ट्यान्स् डेको अवसर पारेर नेपाली बजारमा उपलब्ध गराउने सम्भावना प्रबल रहेको छ । कम्पनीका अनुसार नीलो रंगले प्रेमको पवित्रताको प्रतिनिधित्व गर्छ ; यही कारणलाई दृष्टिगत गर्दै कम्पनीले यस पटक भ्यालेन्टाइन्स् डेका लागि नीलो रंगको छनोट गरेको बताइएको छ । फोनको पछिल्लो भागमा (रिफ्लेक्टिव) टल्किने प्यानलको प्रयोग गरिएको छ । यो प्यानलमा प्रकाश पर्दा यसले ऐनाको झैँ गुण प्रदर्शित गर्छ । 

फोनका विशेषताको कुरा गर्दा, एफफाइभ ड्यासिङ ब्ल्यू एडिशनको स्पेक्स कम्पनीको पछिल्लो संस्करण एफफाइभसंगै मिल्दो जुल्दो हुनेछ । स्मार्टफोनमा १८ः९ एस्पेक्ट रेसियो र २.५डी कभ्र्ड ग्लास सहितको ६ ईञ्चको फुलएचडी+ डिस्प्ले उपलब्ध गरिएको छ । प्रयोगकर्तालाई चलाउँदा सहजताको अनुभव दिने सोचका साथ फोनमा पर्याप्त मेमोरी स्पेक्स सहित ओपोको कलर ओएस ३.२ सञ्चालन प्रणालीको प्रयोग गरिएको छ ।

फोनमा २ ओटा नानो कार्ड र एउटा टीएफ कार्ड एकै साथ प्रयोग गर्न सघाउने सोचका साथ ट्रिपल स्लोट ट्रेपनि उपलब्ध गरिएको छ । फोनमा प्रयोग गरिएको ओक्टा–कोर सीपीयू प्रोसेसरले कम उर्जाको खपत गर्दै ताप उत्सर्जनमा कमी ल्याउनुका साथै सुदृढ तथा तिब्र कार्य प्रदर्शन गर्छ (पछिल्लो कलर ओएस भर्जन्स्का तुलनामा यसले ४०% तिब्र कार्य प्रदर्शनी क्षमता राख्छ) । कम्पनीले अहिले सम्म ड्यासिङ ब्ल्यू एडिशनमा ४ वा ६ जीबी ¥याम तथा ३२ जीबी वा ६४ जीबी रोम कुन भर्जनमा सार्वजनिक हुन्छ भन्ने जानकारी सार्वजनिक गरेको छैन । तथापी, ड्यासिङ ब्ल्यू उडिशन ४ जीबी ¥याम र ३२ जीबी रोमका साथमा सार्वजनिक हुने प्रबल सम्भावना रहेको छ ।

उपकरणको प्रमुख विशेषताका रुपमा यसमा रहेको क्यामेरा सेटपअ हो । कम्पनीले फोनमा १६ मेगापिक्सेल क्षमताको रियर फेसिङ शुटर र सेल्फीका लागि २० मेगा पिक्सेल क्षमताको सेल्फी क्यामेराको ब्यवस्था गरेको छ । यो सेटअपलाई थप विशेष तथा उपयोगी बनाउने सोचका साथ क्यामेरामा कम्पनीले ओपोको एआई ब्यूटी रिकग्निसन प्रविधिको प्रयोग गरेको छ ।

यो प्रविधिले सेल्फीमा रहेका विषयका लागि विशेष ब्यक्तिगत तवरमा ब्यूटिफिकेशन उपलब्ध गराउँछ । फोनको दैनिक प्रयोगमा ब्याट्रीका कारण समस्या नआओस् भन्ने सोचका साथ यसमा ३ हजार २ सय एमएएच क्षमताको नन् रिमुभेवल ब्याट्री जडान गरिएको छ । सफ्टवेयरको कुरा गर्नुपर्दा ओपो एफफाइभमा कम्पनीले एण्ड्रोइड ७.१.१ नोउगाटको प्रयोग गरेको छ । 

ड्याशिङ ब्ल्यू एडिसनको मूल्यका बारेमा तत्काल कुनै जानकारी प्राप्त भइसकेको छैन । तथापी, यसको बजार मूल्य ओपो एफफाइभकै हाराहारीमा हुने अनुमान गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै