• २०८१ बैशाख १४ शुक्रबार

यी हुन् लामो आयु हुने ५ देश, यसरी बढ्यो औसत आयु

kharibot

फाइल तस्विर

मानिस जन्मिएपछि मर्न चाहन्न । लामो समय बाच्न चाहने मानिस राज्यले पर्याप्त स्वास्थ्य तथा सामाजिक सुरक्षा प्रदान गर्न नसक्दा छिटै मृत्युको मुखमा पुग्ने गर्दछ । अहिले दुनियाँमा मानिसहरुको औसत आयु ७१ बर्ष रहेको छ । यँहा औसत आयु भन्दा बढी बाच्ने ५ देशको चर्चा गर्न लागिएको छ ।

हालै प्रकासित विश्व प्रसन्नता रिपोर्टका आधारमा जापान, स्पेन, सिंगापुर, स्विटजरल्याण्ड र दक्षिण कोरियाका मानिसहरु संसारको औसत आयु भन्दा बढी बाच्ने गरेका छन् । ति देशहरुमा सरकारले गरेको स्वास्थ्यको व्यवस्था, समाजिक सुरक्षाको प्रवन्ध र जीवनशैली, खानपानका कारण यी देशका मानिसहरु धेरै बाच्ने गरेको पाइएको छ ।

पहिला कुरा गरौ जापानको । जापानको औसत आयु ८३ बर्ष रहेको छ । जापानको दक्षिणी द्विप समुह ओकिनावा बर्षौ देखि दिर्घजिविता सम्बन्धि अनुसन्धानको लागि विश्वकै केन्द्र बनेको छ । ओकिनावामा सय बर्ष भन्दा बढी उमेरका करिब ४ सय मानिसहरु रहेको बताइएको छ । यसको प्रमुख कारण स्थानीय खानपान नै रहेको विभिन्न रिपोर्टहरुले बताएका छन् ।

लामो उमेरसम्म जीवित हुने अर्को देश हो स्पेन । स्पेनको औसत आयु ८२.८ बर्ष रहेको छ । स्पेनमा मानिसहरु लामो उमेरसम्म बाच्नुको कारण खानपान भएपनि अर्को कारण मध्यान्हमा गर्ने आराम रहेको छ । स्पेनमा पसलहरु पनि दिउसो २ देखि ५ बजेसम्म बन्द हुन्छन, ताकी आराम गर्ने समय मिलोस । त्यस्तै अर्को कारण स्पेनबासी पैदल हिड्न या साइकल चलाउन बढी रुचाउछन्, जसले उनीहरुलाई सधै फ्रेस राख्ने गर्दछ ।

बौद्ध दर्शनबाट प्रभावित जीवनशैलीले पनि उनीहरुको जीवनमा सकरात्मक प्रभाव पारेको देखिएको छ, जसले उनीहरुको जीवनमा शान्ति र सन्तोष ल्याएको पाइएको छ ।

त्यस्तै लामो आयु भएको अर्को देश हो सिंगापुर विश्वस्तरको स्वास्थ्य सुबिधाले गर्दा सिंगापुरका मानिसहरुको औसत आयु ८३.१ बर्ष रहेको छ । साथै यँहाको मृत्यु डर पनि अत्यन्त कम रहेको छ । सिंगापुरमा भएको विकास र सुबिधा सबै मानिसहरुसँग पुग्नु नै लामो आयुको प्रमुख कारण देखिएको छ । साथै यँहाका धेरै जसो मानिसहरु दैनिक कसरत गर्ने गर्दछन । साथै सिंगापुर सरकारले स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिनुले पनि मानिसहरुको औसत आयु बढी भएको बताइएको छ ।

युरोपको सवाधिक धनि देश स्विटजरल्याण्डका पुरुष संसारमा नै सबै भन्दा बढी बाच्ने गर्दछन । उनीहरुको औसत आयु ८१ बर्ष रहेको छ । राम्रो स्वास्थ्य सुबिधा र सुरक्षाको राम्रो प्रवन्ध नै लामो आयुको प्रमुख कारण देखिएको छ ।  स्विटजरल्याण्डमा चिज र दुधबाट बन्ने खानेकुराको अत्यधिक प्रयोगले पनि दिर्घायु हुन् सहयोग गरेको बताइन्छ ।

त्यस्तै अर्को देश दक्षिण कोरिया छिट्टै औसत आयु ९० बर्ष हुने एक अनुसन्धानले देखाएको छ । मजबुत र प्रगतिशील अर्थव्यवस्था भएको दक्षिण कोरियामा रहेको सुलभ स्वास्थ्य सुबिधा नै औसत आयु बढी हुनुको प्रमुख कारण हो । दक्षिण कोरियाका मानिसहरुको रक्तचाप पश्चिमी देशहरुको तुलनामा कम हुने गर्दछ । साथै यँहा कोलस्ट्रोलयुक्त खानेकुराको अति कम सेवनले पनि उनिहरुको स्वास्थ्यमा राम्रो प्रभाव पारेको बताइएको छ ।

यँहाको बौद्ध दर्शनबाट प्रभावित जीवनशैलीले पनि उनीहरुको जीवनमा सकरात्मक प्रभाव पारेको देखिएको छ, जसले उनीहरुको जीवनमा शान्ति र सन्तोष ल्याएको पाइएको छ ।

-बीबीसी र अन्य एजेन्सीहरुको सहयोगमा 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै