• २०८१ बैशाख १४ शुक्रबार

एमाले र माआवादीको पार्टी एकता नहुने पशुपति शमशेरको दाबी 

kharibot

भक्तपुर । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराले एमाले र माओवादीबीच पार्टी एकता हुनै नसक्ने दाबी गरेका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष जबराले संबिधान अनुसार दुई वर्षसम्म वाम गठबन्धनले ओलीको नेतृत्वमा सरकार सञ्चालन हुने निश्चित रहेता पनि पार्टी एकीकरण भने नहुने बताएका हुन् । 

नेपाल संघीयतामा प्रवेश गरे पनि प्रान्तीय सरकारको आर्थिक भार कसरी धान्ने भन्ने कुनै योजनाविनै अगाडि बढेकाले यसले थप समस्या निम्त्याउने उनले चिन्ता व्यक्त गरे । उनले प्रान्तको आर्थिक पक्षको बारे योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । 

सरकाले स्थानीय तहको घोषणा हचुवाको भरमा गरेकाले कतिपय स्थानमा हालसम्म पनि काम गर्न नसकिरहेको भन्दै उनले दीर्घकालीन सोच र ठोस योजनाअनुसार अघि बढन नसके आर्थिक अस्थिरता निम्तिने र त्यसले देशलाई वर्षौँपछि घकेल्ने बताए ।

तीन नं. प्रदेशको राजधानी हेटौंडामा राखिएता पनि अन्य बहुमत स्थानलाई अपायक पर्ने देखिएकाले यसलाई बहुमत प्रदशेसभाले अन्यत्रै सार्ने उनले बताए । बिगतमा ओली नेतृत्वको सरकारसँग बिग्रिएको सम्बन्ध सुधारको प्रयास स्वराजको भ्रमणले देखाएको र ओली समेत पछिल्लो समया भारतसँगको सम्बन्ध सुधारमा अग्रसर रहेको उनको भनाइ छ ।

उनले नेपालको विदेश नीतिका बारे सरकारले आधिकारिक धारणा बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिँदै सीमा समस्याबारे सरकारले ठोस र कूटनीतिक स्तरबाट समाधानको बाटो अवलम्बन गर्नुपर्ने बताए ।

उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध सुधारको प्रयास भएको र ओली नेतृत्वको सरकारसँगको सहकार्यको निरन्तरता रहने संकेत रहेको भन्दै आफूले पनि स्वराजसँग भेटेको तर कुनै राजनीतिक भेट नभएको बताए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै