• २०८१ बैशाख १४ शुक्रबार

रेडक्रसको बाढी प्रभावितको सहयोग सम्बन्धी भेला सम्पन्न : ८ जिल्लामा पुनर्लाभ कार्यक्रम सञ्चालन गरिने 

kharibot

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले तराई मधेश क्षेत्रका बाढी प्रभावित १९ जिल्लाका शाखाको नेतृत्व र कर्मचारीहरुको भेला चितवनमा शनिवार सम्पन्न भएको छ । 

गत साउनको अन्तिम साता नेपालको तराइ क्षेत्रमा गएको बाढी पश्चात नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको तत्काल उद्यार र राहतको विषयमा अनुभव आदान प्रदान गर्न, सिकिएका अनुभवहरुको लेखाजोखा गर्न र अवको पुनर्लाभबारे छलफल गर्न भेला योजना गरिएको रेडक्रसले जनाएको छ ।

भेलामा आफ्नो अनुभव सुनाउदै रौतहटका रेडक्रस शाखा सभापति सन्जीव मल्लिकले २०७४ साउनको बाढी पश्चात रौतहटमा करिव ८ हजार परिवारलाई नगद वितरण गरेको ४ हजार परिवारलाई खाद्यान्न बाडिएको तथा १,१२९ जनालाई गैरखाद्य सामग्रीको सेट दिएको जानकारी गराएका थिए । उनले यो सवै काम गर्न सिडियो, सुरक्षा निकाय लगायत  विभिन्न सँस्था र यएून निकायहरुको सहयोग पाएको जानकारी गराएका थिए । 

उनले एकै दिनमा एकै स्थानमा धेरै जनालाई नगद वितरण वा चेक वितरण गरेपनि पीडितले समयमा नगद नपाउने, लाभान्वितहरुको नामको सही सूची बनाउन चुनौती र कतिपय अवस्थामा छुटेकाहरुबाट र राजनीतिक समूहबाट अमर्यादित व्यवहार पनि सो समयमा भोग्नु परेको अनुबह्व सुनाएका थिए । 

भेलामा रेड क्रस सोसाइटीका केन्द्रीय नेतृत्व र कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । सोसाइटीका अध्यक्ष सञ्जीव थापाले समुद्घाटन गरेको सो कार्यक्रममा उपाध्यक्षहरु अजीत कुमार शर्मा, हरि निरौला र सुदर्शन प्रसाद नेपाल, उपमहामन्त्री हरि प्रसाद न्यौपाने, राष्टिय विपद् व्यवस्थापन र केन्द्रीय स्वास्थ्य समितिका सभापति मनोज थापा र उत्तम जोशी, रेडक्रसको अन्तर्राष्टिय समितिका प्रतिनिधि हाजिमी, नेरेसोका केन्द्रीय सदस्यहरु सूर्यचन्द्र न्यौपाने, कृष्ण प्रसाद न्यौपाने र राजदेव यादव  र  कामु कार्यकारी निर्देशक इन्द्र बहादुर केसीको उपस्थिति रहेको थियो ।  

यसैगरि विपद्, स्वास्थ्य, आर्थिक तथा सञ्चार विभागका निर्देशक तथा विभागीय प्रमुखहरुले सक्रिय सहभागिता जनाएका थिए । 

भेलालाई सम्बोधन गर्दै अध्यक्ष सञ्जीव थापा पूर्वतयारी, स्वयँसेवकहरुको तत्परता, सरकार लगायत सरोकारवालासँगको सहकार्य, केन्द्रीय नेतृत्वको टोलीको फिल्ड भ्रमण र आवश्यक समन्वय र निर्णय प्रकृयामा सहभागिता नै नेरेसोको वाढी पीडितलाई सहयोग अभियानको सफलताको कडी बह्येको बताउदै  सबैको प्रयासले ३० देखि ४५ दिन भित्रै सिघ्र राहत वितरण सम्भव तुल्याएको बताए । 

साउनको बाढी र तत्काल प्रतिकार्य :

साउनको बाढीले झण्डै १७ लाख मानिसहरुलाई प्रभावित पारेको थियो जसमा ९० भन्दा वढी मानिसले  ज्यान गुमाउनुपरेको थियो । सामाजिक क्षेत्र, उत्पादन क्षेत्र र पूर्वाधार क्षेत्रमा गम्भीर क्षति पुर्याएको थियो । नेरेसोका वाढी पुनर्लाभ कार्यक्रम सँयोजक डा. कृष्ण देवकोटाले बाढी पश्चात २२ जिल्लामा नेरेसोले १० हजार ५ सय सेट राहत सामग्री, १६ जिल्लामा ८ हजार त्रिपालहरु, ३ जिल्लामा ३ हजार झुल वितरण गरिएको तथा प्रभावित जिल्लाहरुमा ४ लाख पानी सुद्धिकरण ट्यावलेटहरु सहित सरसफाइ र पुनर्जलीय औषधीहरु वितरण गरिएको जानकारी दिनुभयो । त्यस्तै १२ जिल्लामा तयारी खानेकुराहरु वितरण भएको थियो । 

स्थानीय स्तरमा रेडक्रसको समन्वयमा अस्थायी आवासमा मानिसहरुलाई जम्मा गर्ने र खानाको प्रवन्ध मिलाइएको तथ्याँक जिल्लाका प्रतिनिधिहरुले सुनाएका थिए । 

सोसाइटीले  ८ जिल्लामा पुनर्लाभ कार्यक्रम सुरु गर्ने

नेपाल रेडक्रस सोसाइटीले ८ वटा जिल्लामा वाढी प्रभावितहरुलाई लक्षित गरी पुनर्लाभ कार्यक्रम सुरु गर्ने घोषणा गरेको  छ । सुनसरी, सप्तरी, सिरहा, महोत्तरी, रौतहट, उदयपुर र बर्दिया जिल्लामा रेडक्रसको अन्तर्राष्ट्रिय महासँघको सहयोगमा ७ हजार घरधुरीलाई केन्द्रमा राखी आवास, जीविकोपार्जन, स्वास्थ्य, पानी तथा सरसफाई कार्यक्रम सञ्चालन हुनेछ भने सर्लाहीमा अमेरिकन रेडक्रसको सहयोगमा पुनर्लाभ गतिविधि सञ्चालन हुनेछ ।  

रेडक्रसको बाढी पुनर्लाभ कार्यक्रम प्रमुख डा. कृष्ण देवकोटाले भने-‘वाढीको समयमा गरिएका तत्कालको सहयोग तथा सर्वेक्षण, नेपाल सरकारको योजना तथा उपलव्ध स्रोतको आधारमा यो निर्णय गरिएको हो । सामुदायिक सहभागिता र जवाफदेहिताका साथै जेन्डर तथा समावेशीकरणको अवधारणा साथसाथै लगिने छ ।’

रेडक्रसको पूनर्लाभ कार्यक्रमको महत्वपूर्ण पाटो विपद जोखिम न्यूनीकरण हुनेछ जसमा जोखिम न्यूनीकरणका उपायहरु समावेश छन् । आपत्कालीन आवास व्यवस्थापनको लागि सामुदायिक आवास स्थलको व्यवस्था, उच्चो स्थलमा ट्यूववेलको निर्माण, पानीको गुणस्तर परिक्षण, ट्यूवेलहरुको नियमित मर्मत सम्भारको लागि औजारहरुको व्यवस्था, चेतनामूलक र जीविकोपार्जन सहयोगी कार्यक्रम पनि पुनर्लाभ गतिविधि अन्तरगत राखिएका छन् ।

यी गतिविधिहरुको लागि जनशक्ति जिल्लामा खटाइसकिएको र आगामी ६ महिनामा काम सम्पन्न गरिनेछ –डा. देवकोटाले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै