कञ्चनपुरको नमूना च्याउ घरबाट रु नौ लाखभन्दा बढीको च्याउ बिक्री

खरीबोट

फाइल फोटो ।

कञ्चनपुर । बेलौरी नगरपालिकामा बनाइएका दश वटा नमूना च्याउ घरबाट रू नौ लाख बराबरको च्याउ बिक्री भएको छ । 

नगरपालिकाको कृषि शाखाको आव २०७४÷७५ को कार्यक्रम अन्तर्गत रु दुई लाख अनुदान रकमबाट १० वटा वडामा च्याउ घर निर्माण गरी च्याउ उत्पादन गरिएको हो । 

च्याउ घरबाट किसानले चार हजार ५०० किलोग्रामभन्दा बढी च्याउ उत्पादन गरेको कृषि शाखाका प्रमुख रणबहादुर मल्लले बताए । 

उत्पादित च्याउ रु २०० प्रतिकिलोग्रामका दरले हालसम्म रु नौ लाख मूल्य बराबरको च्याउ बिक्री भएको र अझै च्याउ घरमा रु चार लाखभन्दा बढीको च्याउ बिक्रीका लागि तयारी अवस्थामा रहेको उनले जानकारी दिए । 

च्याउ घरमा च्याउको व्यावसायिक उत्पादनमा लागेका मीना चौधरीले च्याउको बीउ राखेको एक महिनाको अवधिमै रु एक लाखभन्दा बढी उत्पादित च्याउ बिक्री गरी आम्दानी गरेको बताए । 

कृषि शाखाबाट रु १० हजार च्याउ घर निर्माण गर्न आवश्यक पर्ने बाँस, खर, प्लास्टिक, बीउ र पराल खरिदका लागि रु १० हजार अनुदान रकम पाएका थियौँ उनले भने, ‘कृषि शाखाकै प्राविधिकको सल्लाहमा च्याउ खेती गर्दा थोरै परिश्रममा धेरै आम्दानी हात पारेका छौँ ।’

कन्या जातको च्याउ खेती गरेका यहाँका किसानले गतिलो आम्दानी हात पर्न थालेपछि बेमौसममा समेत च्याउ खेतीलाई निरन्तरता दिने भएका छन् ।यसका लागि कृषि प्राविधिकसँग सल्लाह लिन थालेको कृषक जयराम चौधरीले उल्लेख गरे । 

‘अन्य कृषिजन्य उत्पादनको तुलनामा च्याउ खेतीबाट मनग्य आम्दानी हुने भएकाले र च्याउको महत्व उपभोक्ताले बुझ्दै गएका र बजारमा बिक्री हुन थालेपछि यसलाई व्यावसायिक रुपमा अगाडि बढाउने सोच अघि सारेका छौँ’, उनले भने ।
 

सम्बन्धित समाचार

राष्ट्रियसभा सदस्य मनोनयनको निर्णय सच्याउन माग

काठमाडौँ । नेपाली काँग्रेसका भातृ एवं शुभेच्छुक संस्थाले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका व्यक्तिलाई मनोनयन नगर्नु संविधानको मर्म र भावना विपरित भएको आरोप लगाएका छन् ।  पार्टीका

संगठित हुँदै च्याउ उत्पादक कृषकहरु

काठमाडौं । नेपालमा उत्पादन भएको च्याउलाई ओझेल पार्न अन्तर्राष्ट्रिय बजारबाट च्याउ भित्रन थालेपछि ललितपुरका च्याउ उत्पादक कृषकहरु संगठित हुन थालेका छन् । उनीहरुले पटकपटक व्यापारीसँग वार्ता गर्दा अन्तर्राष्ट्रिय वजारबाट च्याउ

कांग्रेस, माओवादी केन्द्र र राजपालाई समानुपातिक सांसद्को नाम सच्याउन भोलिसम्मको म्याद 

काठमाडौँ । निर्वाचन आयोगले तीन राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट गरी नाम सिफारिश गर्न पुनःदुई दिनको समय दिएर

कञ्चनपुरको नमूना च्याउ घरबाट रु नौ लाखभन्दा बढीको च्याउ बिक्री

कञ्चनपुर । बेलौरी नगरपालिकामा बनाइएका दश वटा नमूना च्याउ घरबाट रू नौ लाख बराबरको च्याउ बिक्री भएको छ ।  नगरपालिकाको कृषि शाखाको आव २०७४÷७५ को कार्यक्रम अन्तर्गत रु दुई लाख अनुदान