• २०८१ बैशाख १५ शनिबार

रसुवामा लुमन्तिद्वारा २८१ आवास निर्माण

kharibot

फाइल फोटो ।

रसुवा । आवास निर्माणका लागि सहयोगी समूह लुमन्ति नामक गैससले आफ्नो लक्ष्यअनुसार यहाँ आवास निर्माणको काम सम्पन्न गरेको छ । 

आवास निर्माण परियोजनाका संयोजक प्रवेश खनालका अनुसार उत्तरगया गाउँपालिकाको माझगाउँमा ५६, ढुंगेगाउँ क्षेत्रमा ९९ र कालिका गाउँपालिकाको कटुञ्जेमा ११४, धारापानीमा ८१ र इटपारेगाउँमा ३१ गरी कूल ३८१ आवास निर्माण सम्पन्न गरिएको छ । 

जिल्ला दैवी प्रकोप उद्धार समितिको अनुमति र नेदरल्यान्डस्को कोराडको आर्थिक सहयोगमा दुई वर्ष सात महिनाभित्र ती आवास निर्माण गरिएका हुन् । संयोजक खनालले शौचालयसहितका ती आवास निर्माणमा करिब रु १२ करोड २१ लाख खर्च भएको छ । यस अतिरिक्त संस्थाले विपद् व्यवस्थापनमा रु ९२ लाख ५६ हजार र सहकारी संस्थालाई सहयोग स्वरुप रु नौ लाख ९३ उपलब्ध गराएको छ । 

लुमन्ति संस्थाले बनाएका आवास र प्रदान गरेका अन्य सहयोग सहयोग जनहितकारी भएको र गाउँपालिकाको तर्फबाट परियोजनामा खटिएको टोलीलाई ससम्मान विदाइ गरिएको उत्तरगया गापाका अध्यक्ष उपेन्द्र लम्साल र कालिका गापा अध्यक्ष सीताकुमार पौडेल अधिकारीले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै