• २०८१ बैशाख १४ शुक्रबार

कला परिषद् र ओबोर संस्कृति संस्थाबीच आठबूँदे सम्झौता

kharibot

काठमाडौँ । नेपाल कला परिषद् र चीन–नेपाल ओबोर संस्कृति आदानप्रदान प्रवद्र्धन संस्थाबीच चीनको ‘एक क्षेत्र एक मार्ग’ ओबोर अवधारणाप्रति सकारात्मक भई दुई देशबीच सांस्कृतिक सञ्चार कायम गर्न आठबूँदे सहमति भएको छ ।

शनिबारदेखि शुरु भएको ‘प्रथम ओबोर चीन नेपाल सांस्कृतिक महोत्सव : ‘चुचुरामा पुग्दै’ चीन लाहा चित्र प्रदर्शनी’का अवसरमा भएको सो सहमतिमा परिषद्का महासचिव शङ्करनाथ रिमाल र चिनियाँ संस्थाका अध्यक्ष विल वुईले शनिबार सोसम्बन्धी तीनवर्षीय समझदारीपत्रमा हस्ताक्षर गरे ।

समझदारीअनुसार दुवै संस्था आपसमा निकट रही दुवै देशमा दुई देशका कलाकार र कलाको आदानप्रदान गरिने तथा कला प्रदर्शनी, कला सम्मेलन, कला पुस्तक प्रकाशन आदि नियमित रुपमा गरिने छ ।

चिनियाँभाषी पथप्रदर्शक संस्थाका अध्यक्ष अपुलाल अवालेको पहलमा भएको सम्झौतामा हस्ताक्षरपछि परिषद्का महासचिव रिमाल र प्रवद्र्धन संस्थाका अध्यक्ष वुईले दुई संस्थाबीचको कला आदानप्रदान सम्झौताले सांस्कृतिक सम्बन्धका माध्यमले राज्य–राज्य र जनता–जनताबीचको सम्बन्ध अझ प्रगाढ हुने बताए । 

परिषद् र ग्वान्जाओ आर्टिस्टस एसोसियनद्वारा ‘चुचुरामा पुग्दै ’शीर्षकमा परिषद्को कार्यालय बबरमहलमा आयोजित प्रदर्शनीमा नेपाली कलाकारले बनाएका ३५ र चिनियाँ कलाकारले बनाएका ६५ चित्रकला राखिएको छ ।

न्यू आर्ट सर्कल सहप्रायोजक रहेको प्रदर्शनीमा नेपालका रिमाल, नरेशसुन्दर संैँजु, हरिबहादुर खड्का, जीवन राजोपाध्याय, रत्नकाजी शाक्य, टार्जन साङ्पाङ, शान्तकुमार राई, किरण मानन्धर र कृष्ण मानन्धर तथा चीनका ३५ कलाकार सहभागी छन् । चित्र प्रदर्शनीका कला निरीक्षक क्युरेटरका रुपमा लाक्वेर पेन्टिङ कमिटी अफ गुवाङदोङ आटिस्टस एशोशियशनका अध्यक्ष छिङ सु छन् । 

प्रदर्शनीमा प्राचीन रेशममार्ग, शाक्यमुनि बुद्ध, जेन, कर्ण शाक्य, भिक्षु धर्मगुप्त, प्रकृति, फूल, हिमाल, जनावर, नारी, भू–दृष्य, भग्नावेशषका मूर्त÷अमूर्तलगायतका चित्र राखिएको छ ।

विशेष वनस्पतिबाट प्राप्त लाहा खोटो बाट बनाइएका चिनियाँ चित्रको परम्परा आठ हजार वर्ष पुरानो मानिन्छ जुन अहिले विश्वभरि प्रचलनमा आइसकेको छ । प्रदर्शनी यही माघ २६ गतेसम्म चल्ने छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै