एउटा युगको तस्वीर बनाउन चाहन्छु  [कविता]

खरीबोट
ad

आमा म 
एउटा युगको तस्वीर  बनाउन चाहन्छु 
त्यो तस्वीर  शताब्दीकै पुरानो 
तस्वीर  हुनेछ र,
भावी पिढींले महसुस गर्नेछन् 
देशमा कति संघर्ष  गरेर 
शान्तिको श्वास फेर्न सकिएको  छ 
देशले शान्तिको लागि कति युद्ध गर्नुपर्यो 
दाजुभाइ दिदीबहिनी नै 
विपक्षमा लड्नु पर्यो युद्ध गर्नुपर्यो 

हो आमा म,
म यस्तो तस्वीर बनाउन चाहन्छु 
जहाँ युद्ध बिराम रोकेर 
शान्ति छाएको हुनेछ 
देशमा चारैतिर बत्ति बल्नेछ 
भ्रष्टाचार बलात्कार हुने छैन 
बेरोजगार हट्नेछ शिक्षित बन्नेछन् 
देशले हसिलो मुहार फेर्नेछ 
जहाँ त्यो तस्वीर हेरेर 
भावी सन्ततिहरु ती वीर युद्दाहरुलाई 
सम्झेर दुई थोपा आँसु झाल्ने छन् 
हो यस्तो युगको तस्बिर बनाउन चाहन्छु 
त्यसैले तपाईंको साथ चाहिएको छ 
त्यो आत्मीयता र प्रेम चाहिएको छ 
त्यो तस्बिर मेरो हृदयबाट 
बग्ने प्रत्येक आसुको थोपाहरुले 
बन्नेछ।।
 

सम्बन्धित समाचार

भानुजयन्तीमा ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ हुने

काठमाडौँ / दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा यहाँ ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ हुने भएको छ ।  आगामी असार २९, ३० र ३१ गते हुने पहिलो सम्मिलनमा

यस वर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने

स्वीडेन । यौनहिंसा विरोधी अभियानबाट सिर्जित सङ्कट समाधान गर्न नसक्दा नोबेल साहित्य पुरस्कार वितरण शुरू भएको ७० वर्षको इतिहासमा यस वर्ष पहिलो पटक उक्त पुरस्कार नदिइने भएको छ ।  हामीले पुरस्कार

पश्चिमेली साहित्यिक आवाजको प्रथम वार्षिकी

काठमाडौं । पश्चिमेली साहित्यिक आवाजको प्रथम वार्षिकी कार्यक्रम सम्पन्न भएको छ । शनिबार लाजिम्पाटस्थित डिल्लीरमण पुस्तकालयमा कवि, गीतकार तथा वरिष्ठ साहित्यकार रमेश पौडेल, कवि कलानिधि दाहाल, गजलकार गोविन्द नेपालको उपस्थिति रहेको

मालिका केसरीको उपन्यास सुवर्णलतामाथि साहित्यकारहरुको बहस

काठमाण्डौ । साहित्यकारहरुले नेपाली साहित्यमा पाठकको ध्यानएकाग्र गर्ने कृतिको खडेरी कायमै रहेको बताएका छन् ।  साहित्यकार मालिका केसरीको उपन्यास ‘सुवर्णलता’बारे राजधानीमा शनिबार भएको अन्तर संवाद कार्यक्रममा बोल्ने लेखक साहित्यकारहरुले साहित्य पढ्ने