• २०८१ बैशाख १५ शनिबार

मेलम्चीको सुरुङ खन्न अझै दुई महिना लाग्ने, श्रावणसम्म उपभोक्ताका घरमा धारा जडान हुने

kharibot

काठमाडौँ । उपत्यकाबासीलाई मेलम्चीको पानी आकाशको फल आँखा तरी मर भने जस्तै भएका बेला पछिल्लो समयमा मेलम्चीको खानेपानी आउने निश्चित भएको छ । सबैभन्दा महत्वपूर्ण मानिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सम्पन्न गर्नका लागि अझै दुई महिना लाग्ने भएको छ ।

आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकालले सुरुङ निर्माणका लागि अझै ६३ दिन लाग्ने बताए । दैनिक १० देखि १२ मिटरका दरले सुरुङ निर्माणको काम अघि बढाउने भने पनि केही भौगर्भिक समस्या देखिएकाले समय लाग्ने भएको उनले बताएका हुन् । कुल २७ दशमलब पाँच किलोमिटर सुरुङमध्ये अब तीन सय ५० मिटर जति सुरुङ खन्न बाँकी रहेको आयोजनाले बताएको छ ।  

२७ किमी पाइप विछ्याउनै बाँकी

हालसम्म १५ अर्ब रुपैयाँ खर्च भएको मेलम्ची खानेपानी आयोजनामध्ये अझै २७ किलोमिटरमा पाइप विछ्याउन बाँकी रहेको छ । कुल छ सय ७० किमी पाइपलाईमध्ये हालसम्म छ सय ४३ किलोमिटर पाइप विछ्याएको आयोजना कार्यान्वयन निर्देशनालयले जानकारी दिएको छ । आयोजनाले दैनिक ४ देखि ५ घण्टा पानी उपभोक्तालाई उपलब्ध गराउने छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी आयोजनाका प्रवक्ता लिलाप्रसाद ढकालले धुम्बराही, महाराजगञ्ज, सामाखुसी, कलंकीमा २७ किमी पाइप विछ्याउन बाँकी रहेको जानकारी दिए । उनले सबै सरकारी निकायको सहकार्यमा तीन महिनाभित्रमा पाइप विछ्याइसक्ने बताए । 

श्रावणसम्म उपभोक्ताका घरमा धारा जडान !

अबको तीन महिनाभित्रमा पाइपलाईन विछ्याउने भन्दै उनले त्यसको छ महिनापछि उपभोक्ताको घरमा धारा जडान गरिने बताए । हालसम्म आयोजनाले मेलम्ची खानेपानी उपत्यकामा ल्याउनका लागि १५ अर्ब रुपैयाँ खर्च गरिसकेको छ, भने कुल बजेट ४४ अर्ब रहेको छ । 

आयोजनाका अनुसार खानेपानीको सुरुङ निर्माणका साथै अन्य आवश्यक पुर्वाधार निर्माणको काम पनि समयमै सम्पन्न हुन नसक्दा अझै पनि मेलम्ची खानेपानी पानी आउने सम्भावना भने कम रहेको छ ।

निर्देशनालयले हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको बताउँदै आएको छ । तर, यसका लागि पाइप विछ्याउने काम, मिटर जडान, फायर हाइडे«न्ट निर्माण पुराना पाइपहरु हटाउनका लागि समय लाग्ने छ । यसले पनि छिटै मेलम्चीको पानी आउने सम्भावना कम छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै