• २०८१ बैशाख १५ शनिबार

नेप्से पुुनः १३ सय अंकमा झर्‍यो

kharibot

काठमाडौं । नेप्से पुुनः १३ सय अंकमा ओर्लिएको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से नौ दशमलव पाँच अंकले घटेर १३ सय ९३ दशमलव चार विन्दुुमा ओर्लिएको हो ।

यसैगरी सेन्सिटिभ पनि दुई दशमलव दुुई अंकले घटेर दुुई सय ९३ दशमलव ९८ विन्दुुमा ओर्लिएको छ । एक सय ५५ कम्पनीहरुको तीन हजार आठ सय ६२ वटा कारोबारमा आठ लाख २८ हजार सात सय सात कित्ता सेयर खरिद बिक्री भएकाछन ।

उक्त परिमाणमा सेयर खरिद बिक्री हुुंदा कारोबार रकम ३२ करोड २६ लाख ७३ हजार तीन सय ५८ रुपैयाँ पुुगेको छ ।  नेप्सेमा आज १० वटा समूहको कारोबार भएकोमा नौ वटा समूहको कारोबार सूचक उच्च अंकले घटेर उत्पादनमुुलक समूहको सूचक भने स्थिर देखिएको छ ।

उच्च अंकले घटेको बीमा समूहको सूचक ८७ दशमलव ६५ अंकले घटेर सात हजार आठ सय ८१ दशमलव १५ विन्दुुमा झरेकोमा पाँच करोड ६९ लाख ३५ हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । वाणिज्य बैंक समूहको सूचक पनि छ दशमलव ६७ अंकले घटेर १२ सय आठ दसलव २७ विन्दुुमा झरेकोमा नौ करोड ६० लाख २३ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

विकास बैक समूहको सूचक पनि तीन दशमलव ४५ अंकले घटेर १५ सय ६१ दशमलव ७८ विन्दुुमा झरेकोमा एक करोड छ लाख ६६ हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ भने जलबिद्युुत समूहको सूचक २९ दशमलव ४८ अंकले घटेर १८ सय ४८ दशमलव १० विन्दुुमा झरेकोमा पाँच करोड ६१ लाख छ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 
नेप्सेमा आज टे«डिङ, होटल, फाईनान्स, अन्य र लघुवित्त समूहको सूचक पनि घटेका छन ।

आज बढी कमाउने कम्पनीको सुचीमा परेको फष्र्ट माईक्रो फाईनान्सको सेयर मुल्य पाँच रुपैयाँ ४१ पैसाले बढेर पाँच सय ८५ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको कालिका माईक्रो क्रेडिट डेभलपमेन्ट बैंकको सेयर मुल्य पाँच रुपैयाँ ३२ पैसाले घटेर १५ सय ९९ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको सानिमामाई हाईड्रो पावर कम्पनीको भने चार सय २३ रुपैयाँ अन्तिम मुल्यमा दुुई करोड ९२ लाख ५९ हजार पाँच सय ९८ रुपैयाँको सेयर कारोबार भएको छ ।

यसैगरी युनिलिभर नेपाल लिमिटेडको पनि प्रतिकित्ता २८ हजार रुपैयाँमा दुुर्ई करोड १५ लाख ८८ हजार एक सय ६३ रुपैयाँको सेयर कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै