• २०८१ बैशाख १४ शुक्रबार

काँग्रेसले प्रदेश ७ बाट राष्ट्रियसभाका लागि ४ उम्मेदवार तोक्यो, को को परे ?

kharibot

काठमाडौँ । कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर ७ बाट चार उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको संसदीय समिति बैठकले उम्मेदवार टुंगो लगाएको छ ।

प्रदेश ७ बाट खुलामा बद्री पाण्डे (बाजुरा), महिलामा तारादेवी भट्ट (कञ्चनपुर), दलितमा सेरिराम पार्की (बैतडी) र अपांगतामा छत्रराज जोशी (कैलाली)लाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको हो । पाण्डे पार्टी केन्द्रीय सदस्य हुन् । एउटा प्रदेशमा आठ उम्मेदवार हुने भए पनि कांग्रेसले चारजना मात्रै उम्मेदवार बनाएको छ ।

कांग्रेसले बाँकी ६ प्रदेशमा पार्टीका उम्मेदवार मंगलबारसम्म टुंग्याइसक्ने बताएको छ । 

त्यस्तै प्रदेश नम्बर २ मा कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा राजपा र संघीय समाजवादी फोरमसँग तालमेलका लागि प्रयास गरिरहेको छ । मंगलबार अन्तिम वार्ता गरी टुंग्याउने तयारीमा काँग्रेस रहेको छ । 

राजपाको सोमबार बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र संघीय समाजवादी फोरमसँग तालमेल गरेर जाने निर्णय गरेको छ । सोहीअनुसार मंगलबार कांग्रेस र राजपाबीच छलफल हुने बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै