• २०८१ बैशाख १५ शनिबार

माओवादीका राष्ट्रियसभाका उम्मेदवार प्रचण्ड, श्रेष्ठ र बादलले छान्ने 

kharibot

काठमाडौं ।  माओवादी केन्द्रले राष्ट्रियसभाको उम्मेदवार छान्ने जिम्मा तीन शीर्ष नेतालाई दिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा प्रदेश इन्चार्जसहित बसेको सचिवालयको बैठकले उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई सुम्पेको हो । 

मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल बसेर अन्तिम निर्णय गर्ने भएका छन् ।

एमाले र माओवादीले राष्ट्रियसभामा निर्वाचित हुने ५६ मध्ये ४३ पदका लागि उम्मेदवारी दिने सहमति गरेका छन् । सहमतिअनुसार एमालेले २९ र माओवादीले १४ भागवण्डा गरेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै