• २०८१ बैशाख १४ शुक्रबार

आरजुलाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउन माग

kharibot

कैलाली । नेपाली कांग्रेसबाट प्रदेशसभामा चुनिएका महिला सांसदहरुले नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवालाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउनु पर्ने माग राखेका छन् ।

प्रदेश नं ७ का महिला सांसदहरुले सोमबार विज्ञप्तिमार्फत नेपाली कांग्रेसको केन्द्रीय समिति तथा संसदीय बोर्डसंग राणालाई उम्मेदवार बनाउन अनुरोध गरेका हुन् ।

डा.आरजुको प्रतिनिधित्व भएमा यस प्रदेशका महिलाको आवाज केन्द्रसम्म पुर्‍याउन सजिलो हुने भन्दै सांसदहरुले आरजु राष्ट्रिय सभामा गए महिलाका संवैधानिक हक अधिकार स्थापित गर्न सजिलो हुने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा मंसिर २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली ५ बाट उम्मेदवार बनेकी थिइन् । तर उनी पराजित भइन् ।

आरजुलाई राष्ट्रियसभा उम्मेदवार बनाउन नेपाली कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद दिश्वश्वरी शाह, उमादेवी वादी, नन्दा बम र अम्बिकाकुमारी थापाले मागपत्रमा हस्ताक्षर गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै