• २०८१ बैशाख १४ शुक्रबार

मकै बालीमा किराको प्रकोप, किसानहरु चिन्तित्

kharibot

बारा । हिउँदे मकै खेतीमा विभिन्न प्रकारको रोग लाग्न थाले पछि बाराका किसानहरु अहिले चिन्तित बनेका छन् । 

मकैको बिरुवा उम्रना साथ विभिन्न रोग लागे पछि उत्पादनमा समेत कमी हुँने भएकोले अधिकाँश किसानहरु अहिले चिन्तित बनेका हुँन् ।

नगदे बालीको रुपामा यहाँका किसानहरु मकै खेतीलाई निरंन्तर खेती गर्दै आएको भएपनि शुरु देखी नैं विभिन्न प्रकारको रोग र चिसोको कारण दश प्रतिशत भन्दा बढी बिरुवा नष्ट हुँनुको साथै कृषि विकास कार्यालय बाराका कर्मचारीहरुले समय मैं अनुगमन तथा निरिक्षण नगर्दा बालीमा सोचे जस्तो उत्पादन नहुने भएकाले आँफुहरु चिन्तित बनेको बाराका स्थानीय किसान रामभरोसे साहले बताए ।

मकैको बिरुवा उम्रना साथ कटुवा रोग , लिफ लाईट ब्लाईट र ह्वाईट ग्लो जस्ता रोगहरु लागेका कारण जति बिषाद्यी प्रयोग गरेको भए पनि किराको प्रकोप घट्नुको साटो बढदै गएकोले आँफूहरु निकै नैं निराश भएको अर्का स्थानीय किसान सरफुलाह मियाँले बताए ।

नगदे बालीको रुपमा मकै खेती गर्दै आएका किसानहरुको संख्या बढ्दै गएको कर्मचारीको अभाव रहेको किनकी संघियताले सबै नगरपालिका तथा गाउँपालिकामा कर्मचारीले सम्पूर्ण क्षेत्रमा अनुगमन तथा निरिक्षण गर्ने गरेको जिल्ला कृषि विकास कार्यालय बाराका वरिष्ठ कृषि अधिकृत शिवरत्न साहले बताए ।

अहिले यस जिल्लामा १३ हजार चार सय पचास हेक्टर क्षेत्रफलमा यो वर्ष हिउँदे मकै खेती किसानहरुले गरेको साहले जनाएका छन् ।

कृषि व्यवसायले चिनिएको बारा जिल्लामा यसरी दिन प्रति दिन किराको प्रकोपका कारण किसान पिड्ति हुँदै आएका छन् । त्यसैले सम्बन्धित निकायले समय समयमा अनुगमन तथा कृषिसँग सम्बन्धित विभिन्न तालिमहरु दिनु पर्ने आवश्यक देखिन्छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै