• २०८१ बैशाख १४ शुक्रबार

नवराज सिलवालविरुद्द इन्टरपोलमा डिफ्युजन नोटिस जारी

kharibot

काठमाडौं ।  पूर्व डिआइजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालको खोजी गर्न नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।
नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले सिलवाललाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरेको हो । 

नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज नेउपानेले अनुसन्धानमा भएका कुराहरु बाहिर ल्याउन नमिल्ने बताए । खरीबोटसँग कुरा गर्दै उनले भने, ‘सिलवामाथि काठमाडौं प्रहरीले छानबिन गरिरहेको छ, जिल्लाका सबै अनुसन्धानका कुराहरु मलाई थाहा पनि हुँदैन । अनुसन्धान भइरहेका विषय बाहिर ल्याउन मिल्दैन ।’

बढुवाको लागि कार्य सम्पादन मुल्याङ्कन फाइल किर्ते गरेको आरोपमा सर्वोच्च अदालतले उपस्थित हुन भने पनि सिलवाल फरार भएपछि नेपाल प्रहरीको सिफारिसमा १ सय ९२ देशका प्रहरी सदस्य रहेको इन्टरपोलमार्फत सिलवालको खोजी सुरु गरेको छ ।

इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएपछि अब १ सय ९२ देशका प्रहरीले नवराज सिलवाललाई पक्रेर नेपाल प्रहरीलाई बुझाउन सक्नेछन् । 

सिलवाललाई पक्राउ गर्न नेपाल प्रहरीको टोलीले नेपाल भरी पनि खोजी तिव्र पारेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले गोदावरीमा रहेको उनको घरमा र ललितपुरको भट्टेडाँडामा खाजे पनि नभेटिएपछि नेपाल प्रहरीले इन्टरपोलको सहयोग मागेको हो ।

सिलवाल अहिले नेपालमा नै नरहेको प्रहरीको आशंका छ । केहि समय अघि सिलवाल अमेरिका गएको भन्ने रिपोर्ट मिडियामा आएको भएपनि उनि अमेरिका गए नगएको भने पुष्टि हुन सकेन । केहि दिन अघि सिलवालले ट्वीट गर्दै आफूमाथि भएको अन्यायको डटेर सामना गर्ने बताएका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै