• २०८१ बैशाख १४ शुक्रबार

म आइपिएलको खेलाडी छनौटमा भएको भए सन्दीपलाई तुरुन्तै लिन्थे – माइकल क्लार्क 

kharibot

काठमाडौं । अष्ट्रेलियाका पुर्व क्रिकेट कप्तान माइकल क्लार्कले सन्दीप लामिछाने आईपिएलको बोलकबोलमा छनोट भएकोमा खुशी व्यक्त गरेका छन् । 

ट्वीट गर्दै क्लार्कले आफू आईपिएलको टीमको खेलाडी छनोट टोलीमा भएको भए नेपालका सन्दीप लामिछानेलाई अनुबन्ध गर्नेपनि बताएका छन् । उनले आईपिएलमा छनोट हुन सन्दिपलाई शुभकामना दिदैं ‘वण्डरफूल ट्यालेन्ट एण्ड लिटिल च्याम्पियन’ भनेका छन् । 

केही समय अघि सन्दिपलाई क्लार्कको क्रिकेट एकेडेमीले अष्ट्रेलियामा बलिङ प्रशिक्षण र केही खेलमा अवसर दिएको थियो । क्लार्कले सन्दीपलाई सँधै हौसला दिंदै आएका छन् । 

आईपीएलले अक्सनका लागि जारी गरिएको खेलाडीहरुको सुचिमा ३६० भारतीयसहित ५७८ खेलाडी रहेका छन्, जसमा २७६ नम्बरमा सन्दिपको नाम छ । एशोसिएट देशबाट परेका उनले न्यूनमत मूल्य २० लाख भारु ताकिएको छ ।

नेपालका लेग स्पिनर सन्दीप शनिबार आईपिएलले जारी गरेको अक्सन सुचिमा परेपछि उनको चर्चा बढेको छ । आइपिएलमा खेलाद को अक्सन यहि जनवरी २७ र २८ मा हुदै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै