• २०८१ बैशाख १४ शुक्रबार

डर्ट बाइक रेस प्रतियोगिता जंग कार्कीले जिते 

kharibot

काठमाडौं । शनिबार सम्पन्न डर्ट बाइक रेस प्रतियोगिता ‘मोटो ट्रयाक २०७४’ मा प्रशान्त जङ्ग कार्कीले बाजी मारेका छन् । मोटर स्पोर्ट्स नेपाल र सुनाकोठी युथ एसोसिएसनको आयोजनामा सम्पन्न प्रतियोगितामा विनोद कठायत र भीम होना क्रमशः फस्र्ट रनर अप र सेकेन्ड रनर अप भए । 

त्यसैगरी प्रोपर सेफ्टी गियरको उपाधि आशीष कुमार शाक्य र प्रवीण जङ्ग कार्की, पब्लिक च्वाइसको उपाधि दोर्जे छेवाङ र बेस्ट राइडरको उपाधि दीपेश क्षेत्रीले पाएका छन् । 

सो प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य राजकाजी महर्जनले गरेका थिए । यसमा १५० देखि २५० सिसी सम्मका डर्ट बाइक कुदाइएको थियो । ब्यक्तिगत रुपमा प्रतिस्पर्धा भएको सो प्रतियोगितामा क्रसफायर, क्रस एक्स, होन्डा, रिजु, यूएम, एसियन बिस्ट र बीएसई आदि नेपालमा भएका सबै डर्ट बाइक कम्पनीहरुको सहभागिता थियो । प्रतियोगिताका लागि ६ सय मिटर लामो ट्रयाक निर्माण गरिएको थियो । 

प्रतियोगिताको मूख्य प्रायोजक एसियन अटोमोबाइल्स रहेको थियो । त्यसैगरी बाइकर्स नेपाल प्रायोजक तथा बीएसई कायो, क्लासिक ह्विल इम्पोर्ट एक्सपोर्ट र सत्यदीप इन्टरनेसनल यसको सह–प्रायोजक रहेका थिए । प्रतियोगितामा रेडबुल तथा क्यास्ट्रोल लुब्रिकेन्ट समेत पार्टनरको रुपमा रहेका थिए । 

उक्त रेस प्रतियोगितालाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) तथा नेपाल मोटरसाइकल फेडरेसनको समेत सहयोग रहेको थियो । 

विजेताहरुलाई नगद पुरस्कारका साथै पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा विभिन्न बाइक कम्पनी तथा एसेसरिजहरुको स्टल समेत राखिएको थियो । 

ललितपुरको सुनाकोठी स्थित मोटो ट्रयाकमा सो प्रतियोगिता सम्पन्न भएको थियो । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै