बजेट पास नहुदा अमेरिकामा संघीय सरकारका कार्यलय बन्द, ८ लाख कर्मचारी प्रभावित 

खरीबोट

वाशिंटन । अमेरिका नयाँ बजेट पास नहुदा कतिपय संघीय कार्यालय बन्द हुने प्रक्रिया सुरु भएको छ । 

बजेटका बारेमा अमेरिकी प्रतिनिधिसभामा भएको मतदानमा बजेटका पक्षमा ५० र विपक्षमा ४९ मत परेको थियो । रिपब्लिकन पाँच सिनेटरले बजेटको विपक्षमा उभिएका थिए भने पाँच डेमोक्रयाट् सिनेटरले पक्षमा मतदान गरेका थिए । बजेट पारितका लागि ६० सिनेटरले सर्मथन गर्नुपर्दछ । यसअघि बिहिबार भने तल्लो सदन ‘हाउस’ले बजेटलाई पारित गरेको थियो ।

हालको बजेटको म्याद शनिबारसम्म मात्र भएकोले बजेट पास नभए खर्चको अभावमा कैयौ सरकारी कर्मचारीलाई केहि दिनका लागि छुट्टी दिनुपर्ने अवस्था आएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । छोटो समयको लागि प्रस्तावित बजेट, आगामी फ्रेबुअरी १६ तारिख सम्मको लागि मात्र थियो ।

प्रवासीहरुलाई अमेरिकाबाट निकाल्ने विवाद बढेपछि यसको असर बजेटमा परेको छ । डेमोक्रेटहरुले ७ लाख भन्दा बढी प्रवासीहरुलाई आवश्यक कागजात नभएपनि अमेरिकामा नै बस्न दिनु पर्ने बताएका छन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सेप्टेम्बरमा प्रवासहरुलाई निकाल्ने घोषणा गरेका थिए । यद्यपी अमेरिकी कांग्रेससँग यसको विकल्प खोज्न मार्च सम्मको समय रहेको बताइएको छ ।

आप्रबासी एजेण्डाबारे बहस भईरहेकै बेला, गत साता राष्ट्रपति ट्रम्पले हैटी, अफ्रिका लगायतका देशबाट आप्रबासी ल्याईएको बिषयमा आपत्तीजनक शब्दले आलोचना गरेपछि, डेमोक्रयाटिक पार्टीका सिनेटर एवम कंग्रेसम्यानहरु ट्रम्प प्रति रिसाएका थिए ।

बजेट पास नभएपछि २१ लाखको हाराहारीमा रहेका संघीय सरकारका कर्मचारीहरु मध्ये करिब ३० प्रतिशत प्रभावित हुनेछन । जसमा अमेरिकी सेना पनि समावेश छ । यस अघि सन २०१३ मा सरकार बन्द हुदाँ, करिब आठ लाख कर्मचारी तलबको अभावमा १६ दिनका लागि कर्मचारीलाई छुट्टी दिइएको थियो । 

यस्तो अवस्थामा आधा आधी डिर्पामेन्टहरु काम गर्न असमर्थ हुने बताईएपनि अत्यावश्यक सेवा मानिने सुरक्षा, हवाई ट्राफिक, हुलाक, स्वास्थ्य सेवा, संकटकालीन उद्वार सेवाहरु भने सुचारु हुने गर्दछन् ।
 

सम्बन्धित समाचार

टर्की अमेरिकासँग अनावश्यकरुपमा तर्सिने छैन : राष्ट्रपति एदोगान

अङ्कारा, टर्की। अङ्कारा र वासिङ्टनबीचको विवाद चर्किरहेका समय अमेरिकासँग नडराउने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार बताएका छन् ।  अमेरिकी धर्मगुरुलाई टर्कीले बन्दी बनाएको बिषयले दिनप्रतिदिन विवादलाई साम्य गर्नुको सट्टा थप

अमेरिकाले थप प्रतिबन्त्र लगाए टर्कीले प्रतिकार गर्ने

इस्तानबुल, टर्की। अमेरिकाले टर्कीविरुद्ध थप प्रतिवन्ध लगाएमा यसको उचित जवाफ दिने टर्कीले शुक्रबार बताएको छ । अमेरिकी धर्मगुरुलाई टर्कीले पक्राउ गरी कैदी बनाएपछि अमेरिका र टर्कीबीचको कुटनीतिक सम्बन्धमा समस्या आएको

व्यापार द्वन्द्व चर्किएपछि चीन-अमेरिका वार्ता बस्न तयार  

बेइजिङ। चीनले व्यापार वार्ता पुनः सुरु गर्न अगष्टमा एकजना वरिष्ट मध्यस्थकर्तालाई संयुक्तराज्य अमेरिका पठाउने चीनको बाणिज्य मन्त्रालयले जनाएको छ । दुबै मुलुकबीचको व्यापार द्वन्द्व चर्किएपछिको यो पहिलो उच्चस्तरीय वार्ता हो

अमेरिकामा धर्मगुरुद्वारा एक हजार बालबालिकामाथि यौन दुर्व्यवहार गरिएको प्रतिवेदन सार्वजनिक 

ह्यारिसबर्ग, अमेरिका। एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए ।  अमेरिकाको