• २०८१ बैशाख १४ शुक्रबार

राजधानी माग्दै दाङमा महिला सडकमा, भाडा बजाउँदै गरे विरोध

kharibot

तस्बिर : रासस

दाङ ।  यहाँका महिला राजधानी माग गर्दै सडकमा उत्रिएका छन् । दाङमा जारी आन्दोलनको आज पाँचौँ दिन महिला राजधानीको मागसहित सरकारको निर्णय फिर्ताको माग गर्दै सडकमा आएका हुन् । 

उनीहरुले तत्काल सरकारले निर्णय सच्याउनुपर्ने, नेता पनि सडकमा आउनुपर्ने माग गर्दै तुलसीपुर बजारमा प्रदर्शन गरेका छन् । गाउँगाउँबाट बजारमा आएर सडक तताएका महिलाले हातहातमा थाली, डाडु, चम्चा र भाडा लिएर सडकमा आन्दोलित भएका छन् । 

उनीहरुले रयालीमा भाडा बजाउँदै विरोध जनाएका छन् । सरकारले प्रदेश नं ५ को अस्थायी मुकामा दाङ नतोकेको भन्दै निर्णय फिर्ता नहुञ्जेल आफूहरुको आन्दोलन जारी रहने बताएका छन् । महिलाले आन्दोलनलाई थप सशक्त गराउँदै लैजाने महिला अधिकारकर्मी सुष्मा गिरीले बताइन् । “हरेक हिसाबले उपयुक्त रहेको जिल्लालाई उपेक्षा गरेर अवैज्ञानिक ढंगले अस्थायी मुकाम रुपन्देही तोकिएको छ, यो निर्णय हामी महिला दिदी बहिनी र दाङवासीलाई कदापि मान्य छैन” गिरीले भनिन् । 

त्यसैगरी महिला नेत्री सावित्रा गुरुङले पनि अब महिला आन्दोलनलाई थप सशक्ति बनाउँदै लैजाने बताइन् । महिलाले आफूहरुले सडक संर्घषलाई निर्णय फिर्ता नलिँदासम्म जारी राख्ने बताएका छन् । त्यसैगरी तुलसीपुरमा महिलाले आन्दोलन थालेका छन् भने अन्य दल र संघ संस्थाले राजमार्ग केन्द्रित आन्दोलन गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै