पशुपतिनाथमा पौने दुई लाख भक्तजन

खरीबोट

साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा पौने दुई लाख भक्तजनले दर्शन गरेका छन् ।

साउने सोमबारको अवसर पारेर प्रधानसेनापति राजेन्द्र क्षत्रीले पशुपति मन्दिरमा विशेष पूजा गर्नुभएको छ । प्रधानसेनापति क्षत्रीले लघु रुद्राभिषेकसहित पशुपतिनाथ मन्दिरमा रु ११ हजारको विशेष पञ्चामृत पूजा गराउनुभएको कोषले जनाएको छ ।

प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीले पनि मन्दिरमा दर्शन गर्नुभएको कोषका निर्देशक भोला सिटौलाले जानकारी दिए । मन्दिरमा आज पनि उत्तर, पश्चिम र दक्षिण ढोकाबाट प्रवेश गरी भक्तजनले दर्शन गरेका छन् । पशुपतिमा विशेष पूजाका लागि आर्यघाटबाट पूर्व ढोकातिर पठाउने व्यवस्था मिलाइएको उनले बताए ।

पशुपतिमा विशेषगरी महिला भक्तजनको भीड थियो । विवाहित नारीले साउनको सोमबार व्रत गरी शिवालयमा दर्शन गरेमा अटल सौभाग्य र अविवाहितले व्रत गरेमा चिताएको वरवधु प्राप्त हुने धार्मिक विश्वास छ ।

सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिमा जल चढाउनेको पनि आज भीड लागेको थियो । यसैबीच पन्ध्र दिन अघिदेखि बिग्रिएको शवदाह गृह यन्त्रको मर्मत भइरहेकाले एक हप्तामा सञ्चालनमा ल्याउने तयारी गरिएको कोषले जनाएको छ ।

सम्बन्धित समाचार

आज शिवरात्रि मनाइँदै, देशैभरका शिवालयमा भक्तजनको भीड

काठमाडौँ । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदै छ ।  वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर

आहा ! सफा भएछ पशुपतिनाथ क्षेत्र

काठमाडौँ ।  “आहा, सफा भएछ पशुपतिनाथ क्षेत्र त”– शनिबार पशुपतिनाथ दर्शनका लागि पुगेका काठमाडौँको हाँडीगाउँका रामचन्द्र अर्यालले भन्नुभयो ।  ब्रम्हनालपट्टिबाट मन्दिर उक्लिएका उहाँले मन्दिरका तामाका पाला परबाटै टल्किएको देखेपछि यस्तो प्रतिक्रिया दिनुभयो ।

कालीगण्डकीमा भक्तजनको घुइँचो, मोदीवेणी दिव्यधाममा विशेष मेला

फलेवास, पर्वत ।  आज हरिबोधनी एकादशी । पर्वतका विभिन्न धार्मिकस्थलमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।  पवित्र कालीगण्डकी नदीमा स्नान गर्न हजारौँको संख्यामा भक्तजनको भीड लागेको हो । मोदीखोला र कालीगण्डकी नदीको संगममा

पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड

काठमाडौँ  । हरितालिका (तीज) का अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।  भक्तजन बिहान २ बजेदेखि नै लाममा बसेपछि नै ३ बजे पशुपतिका चारै ढोका