• २०८१ बैशाख १५ शनिबार

एडभान्स सिमेन्टमा ६ महिनादेखि विद्युत् अवरुद्ध, उत्पादन ठप्प

kharibot

सिमेन्ट उद्योगमा विद्युत जडानमा अवरुद्ध गर्दै, तस्बिर : श्याम गुप्ता , बारा

बारा ।    बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ मा सञ्चालित अरनिको सिमेन्ट प्रा.लीको उत्पादन एडभान्स् ब्राण्डको सिमेन्ट उद्योगमा बिगत ६ महिना देखि विद्युत् अवरुद्ध भए पछि उत्पादन ठप्प भएको छ ।

गत साउन महिनामा भएको अविरल वर्षाका कारण आएको बाढीले सो उद्योगमा सप्लाई गरिएको लाईनको सात वटा विद्युतिय पोल बगाए पछि उद्योगमा विद्युत् अवरुद्ध भएर कम्पनीको उत्पादन पुर्ण रुपमा ठप्प भएको हो ।

सो उद्योगको विद्युत् सुचारु गर्न आँफूहरु पटक पटक त्याहाँ गएपनि जीतपुरसिमरा उपमहानगरपालिका ५ का वडा अध्यक्ष मोहित चौधरी लगायत कार्य समितिले विद्युत् जडान गर्न नदिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सिमरा शाखा प्रमुख रोहणी पौडेलले बताएका छन् ।

विद्युत् जडान गर्नका लागि हामी त्याहाँ पटक पटक गयौं । प्रमुख पौडेलले भने –“तार जडान गर्न प्रयोग गरिने बाँसको सिँढीलाई वडा नम्बर ५ का अध्यक्ष मोहित चौधरी लगायत कार्य समितिका पदाधिकारीले सिँढीलाई हल्लाएर लडाउँन थाल्छन् ।” 

धन्न कर्मचारीहरु लडेनन् उनले थपे –“हाम्रा कर्मचारीहरुले सिँढीमा चढेर लाईन जडान गर्दै थिए , त्यत्तिकैमा उनिहरुले सिँढी तानेर लडाउँन खोजेका थिए ।” जसो तसो गरी कर्मचारीहरु जोगिए । उनले भने ।

यसरी उनिहरुले उद्योगको लाईन जडान गर्न अवरुद्ध गर्न थाले पछि जिल्ला प्रशासन कार्यालय कलैया बारामा सुरक्षाका लागि माँग समेत गरिएको र सुरक्षा टोली आएर माघ २ गते मंगलवार लाईन जडान गरिएको थियो । त्यही बेला उनिहरुले पुन ः बिरोध गरे पछि फेरी पनि लाईन काटेर फर्किनु परेको नेपाल विद्युत प्राधिकरण सिमराका प्रमुख रोहणी पौडेलले बताए ।

ग्राँहकले माँग गरेको खण्डमा त्यसलाई विद्युत् सेवा दिने आफ्नों कर्तव्य भएकाले नियम अनुसार अरनिको सिमेन्ट उद्योगलाई आँफुले पटक पटक लाईन जडान गर्न खोजेको तर , उनिहरुले अवरुद्ध गर्ने गरेको बताएका छन् । 

यता वडा अध्यक्ष मोहित चौधरीले केबल तारको प्रयोग गर्नु पर्ने , खेतको बाटो भएर लाईन लग्नु पर्ने र अन्डर ग्राउन्ड लाईन जडान गरेर लैजान पर्ने भनेर आँफूहरुले माँग राखेको बताएका छन् ।

गाउँको बाटो लाईन लैजादा विद्युतिय तारबाट आगोको झिल्को खस्ने , तारको माथी बस्दा परेवा मर्ने लगायतको विभिन्न समस्याहरु हुँने गरेकोले आँफूहरुले लाईन् जडान गर्न नदिएको बताए ।

उता नेपाल विद्युत प्राधिकरण सिमराका प्रमुख रोहणी पौडेलले एघार हजार केभिएको लाईन अन्डरग्राउन्ड गरेर लैजान नमिल्ने तथा नेपालको कुँनै पनि उद्योगमा केवल तारको प्रयोग नगरिएकोले केवल तार जडान गर्न २५ गुणा महंगो पर्ने भएकोले त्यो सम्भव नभएको जानकारी गराउँदै उनले विगत सात वर्ष देखि गाउँको बाटोबाटै सो उद्योगलाई लाईन वितरण गरिएको बताएका छन् ।

उद्योग सञ्चालनमा वडा अध्यक्ष बाधक बन्दै 

उता अरनिको सिमेन्टका प्रवन्धक हरिशंकरलाल कर्णले उद्योग सञ्चालनमा वडा अध्यक्ष मोहित चौधरी विगत लामो समय देखि विभिन्न बहाना बनाउँदै बाधक बन्दै आएको बताएका छन् । चौधरी वडा अध्यक्ष नहुँदै देखिन् उनले सोझासाझा जनतामा भ्रम फैलाएर जम्मा गर्ने अनि पटक पटक उद्योगमा अवरुद्ध पु¥याउँने उद्देश्यले यातायातका साधनहरु बिच बाटो मैं रोक्ने, विषेश गरी महिलाहरुको प्रयोग गरी उद्योगको मुल गेट अगाडी प्रदर्शन गर्ने लगायतको विभिन्न क्रियाकलाप गर्ने गरेको बताए ।

साउन महिनामा आएको बाढीले उद्योगको विद्युतिय पोल बगाए पछि अहिले वडा अध्यक्ष चौधरीले विभिन्न विद्युतिया समस्यालाई बनाउँदै कम्पनीको उत्पादनमा प्रत्यक्ष अवरोध पु¥याई रहेको प्रवन्धक कर्णले गुनाँसो गरेका छन् । 

उद्योगले हरेक महिना २० लाख रुपैंयाँ विद्युत् महशुल बुझाउँने तथा बिरगंज भन्सारमा करिब १६ करोड रुपैंयाँ  राजश्व तिर्ने गरेको प्रवन्धक कर्णले जानकारी दिएका छन् । 

पढ्नै पर्ने

लोकप्रिय