• २०८१ बैशाख १४ शुक्रबार

बैंककबाट फर्किएपछि ओलीले भने-‘प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने निर्णयमा सहमति छैन’ 

kharibot

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेका प्रदेश प्रमुख र अस्थायी मुकाममा आफूहरुको सहमति नरहेको बताएका छन् ।

बैंककमा स्वास्थ्य परीक्षण गरेर बिहीबार स्वदेश फर्किएका ओलीले आफ्नो स्वास्थ्य ठीक रहेको बताए । 

उनले सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सरकारलाई सहमति दिएको तर, व्यक्ति र स्थानमा सहमति नरहेको बताए ।

सरकारले ढिलै भएपनि अस्थायी मुकाम तोकेर अप्ठ्यारो फुकाएको भन्दै एमाले अध्यक्ष ओली प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएको बताए । उनले भने, अनुकुलता, आवश्यकता र सम्भावनालाई हेरेर उपयुक्त निर्णय गर्छ ।’

अहिले तोकिएका केन्द्र प्रदेशसभाको दुई तिहाई मतले जनअपेक्षा अनुसार नै परिवर्तन गर्न सक्ने भएकाले अहिले आन्दोलन गर्नुको कुनै अर्थ नभएको ओलीले स्पष्ट पारेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै