डेंगु रोगका कारण चितवनमा एक जनाको मृत्यु

खरीबोट
ad

चितवन । डेंगु रोगका कारण पछिल्लो समय यहाँ एक जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीका अनुसार मृत्यु हुनेमा मकवानपुर जिल्ला हाँडीखोला–३ बस्ने ७९ वर्षीय पुरुष रहेका छन् । 

उनलाई मकवानपुर अस्पतालबाट उपचारका लागि पुस २० गते चितवन पठाइएको थियो । भरतपुर अस्पतालमा उपचारका क्रममा उनको पुस २५ गते मृत्यु भएको उनले बताए । चालु आवमा एक हजार १०५ जनाको डेंगु परीक्षण गरिएकोमा ५७ जनामा संक्रमण भेटिएको थियो । यस्तै स्क्रब टाइफस ३७१ जनामा संक्रमण भेटिएको केसीले जानकारी दिए ।

एक हजार ६७० जनाको परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित भेटिएको उनले बताए । योसँगै चालु आवमा विभिन्न रोगको संक्रमणबाट मृत्यु हुनेको संख्या १० जना पुगेका छन् । स्क्रब टाइफसबाट साउनमा एक जना भदौमा एक जना र कात्तिकमा एक जनाको मृत्यु भएको थियो । चिकनगुनियाका कारण भदौमा एक जना र कात्तिकमा एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

स्क्रब टाइफस र डेंगुको लक्षण अत्यधिक ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण उस्तै हुने भएकाले लक्षण देखिने बित्तिकै चिकित्सकको सल्लाह लिन जिल्ला जनस्वास्थ्य कार्यालयले सबैलाई आग्रह गरेको छ । 

सम्बन्धित समाचार

  चितवनको जोेखिम क्षेत्रका भूकम्पपीडितलाई सुरक्षित ठाउँमा जग्गा

 चितवन /  चितवनको विकट क्षेत्र इच्छाकामना गाउँपालिका वडा नं २ हेच्चेकको जोखिम क्षेत्रका आठ घर भूकम्पपीडितले सुरक्षित स्थानमा जग्गा प्राप्त गरेका छन् ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले वर्णशंकर मकै परीक्षण गर्दै

 चितवन । रामपुरस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले विभिन्न क्षेत्रमा परीक्षण गरिएका बहुराष्ट्रिय कम्पनीका हाइब्रिट (वर्णशंकर) मकैको ‘परीक्षण मूल्यांकन’ शुरु गरेको छ ।  चितवनको रामपुर, बाराको परवानीपुर र सुनसरीको तरहरामा अहिले बहुराष्ट्रिय

दुई जोडी गैंडा लिन चिनियाँ प्रतिनिधि चितवनमा

रत्ननगर, चितवन ।  छिमेकी मुलुक चीनलाई दुई जोडी गैंडा उपहार दिने सरकारी निर्णय अनुसार चितवन निकुञ्जमा गैंडा नियन्त्रणमा लिने प्रक्रिया शुरु भएको छ ।  केही दिन अघिदेखि नै निकुञ्जका विभिन्न क्षेत्रमा स्थान पहिचानको

एनआईसी एशिया बैंकको नयाँ शाखा चितवनको गीतानगरमा

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा भरतपुर महानगरपालिका ६, चोक बजार, चितवनस्थित गीतानगर–चोकबजारमा स्थापना गरिएको छ । सोमबार एक समारोहका बीच भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र बैंकका सञ्चालक