• २०८१ बैशाख १४ शुक्रबार

विद्युत प्राधिकरणका सुपरभाइजरले घुस मागेको भन्दै आरोप पत्र दायर

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस माग गर्ने सुपरभाइजर दिनेश थापाविरुद्ध आरोप पत्र दायर गरेको छ । 

नेपाल विद्युत प्राधिकरण, पाँचखाल, काभ्रेमा कार्यरत सुपरभाइजर थापाले थ्रि फेज लाइन जडान गर्ने प्रयोजनको लागि रु २५ हजार घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ । 

आयोगले आज जरिवाना र कैद सजाय मागदाबी गरी विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै