• २०८१ बैशाख १५ शनिबार

फेरी विवाह गर्दै ऋतिक रोशन !

kharibot

मुम्बई । बलिवुड अभिनेता ऋतिक रोशन फिल्मी क्यारियर भन्दा पनि निजी सम्बन्धका कारण पछिल्लो समय धेरै चर्चामा रहेका छन् । 

लगभग तीन बर्ष पहिला पत्नी सुजेन खानसँग डिभोर्स गरेका ऋतिकको अहिले सुजेनसँग फेरी हिचमिच बढेको छ । सार्वजनिक रुपमा दुबैले आफ्ना छोराहरुको लागि नियमित भेटघाट हुने गरेको भने पनि दुवैको नियमित भेटघाटलाई उनीहरु छिट्टै फेरी सँगै हुने तयारीमा रहेको बताइएको छ । 

अहिले उनीहरु समय निकालेर छुट्टीमा जनाए, सँगै डिनर गर्ने, पारिवारिक कार्यक्रमहरुमा सँगै देखिन थालेका छन् ।

ऋतिक रोशनका एक मिल्ने साथीलाई उदृत गर्दै भारतीय मिडिया डेक्कन क्रोनिकलले अहिले ऋतिक र सुजनबीच सबै कुरा ठिक भएको, उनीहरुले दुवैको असमझदारीको जड पत्ता लगाइसकेकाले छिट्टै एक हुने उल्लेख गरिएको छ ।

गत जनवरी १० मा ऋतिकले आफ्नो ४४औ जन्मदिन मनाए । जन्मदिनमा सुजेनले ऋतिकलाई सामाजिक सञ्जालमा आफ्नो जीवनको सनसाइन भनेर उल्लेख गरेपछि सबैले ऋतिक र सुजेन फेरी एक हुदै गरेको अड्कल काटेका थिए ।

केहि समय अघि अभिनेत्री कंगना रनावतले ऋतिकलाई सार्वजनिक रुपमा अनेकौ आरोप लगाउदा सुजेनले सार्वजनिक रुपमै ऋतिकको बचाउमा आएकी थिइन् । बलिवुडमा कंगनाकै कारणले ऋतिक र सुजेनको डिभोर्स भएको बताइन्छ ।

ऋतिकले हालै फेरी विवाह गर्ने बारे मिडियामा प्रतिक्रिया दिदै आफुले त्यस्तो नसोचेको बताउदै आफु क्रिएटिभ रुपमा सन्तुष्ट रहेको बताएका थिए ।

दुई छोरा रेहान र रिधान ठुलो हुदै गरेकाले ऋतिक र सुजेनको पुनर्मिलनलाई सबैले सकारात्मक रुपमा लिन सकिने बलिवुडमा चर्चा चलेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै