• २०८१ बैशाख १५ शनिबार

गुल्मीमा दलित कुटने एमाले वडाअध्यक्षले १३ हजार जरीवाना तिरे

kharibot

गाउँको बिकासको निम्ती जनताको मत मागेर गााउँ पालिकाकाको वडा अध्यक्ष बनेका एमाले चन्द्रकोट गाउँपालिकाका नबनिर्बाचित वडा अध्यक्षले अपाङ्ग दलितलाई कुटपिट गरेका कारण १३ हजार ७ सय १० जरिवाना तिरेर उम्कीएका छन् ।

चन्द्रकोट गाउँपालिका वडा नम्वर ५ ग्वाघाका नव निर्वाचित वडाध्यक्ष टेकबहादुर पुनले साउन १ गते दिउँसो स्थानिय अपाङ्ग दलित मानबहादुर बिकलाई उनकै घरमा गएर कुटेका थिए ।

त्यस विरुद्ध पिडितले ईलाका प्रहरी कार्यालय चन्द्रकोटमा उजुरी दिएका थिए । सो कार्यालयले हिजो दुवै पक्षलाई बोलाएर राखेको छलफलमा ठुलो समुहले दलित भएर दलितको ठाउँमा बस्नु प¥यो , मुख सम्हाल्नु प¥यो भनेर हप्काएको र पिटाई खाने दलितले बढि बोलेको भन्दै माफी समेत मगाएको बुझिएको छ ।

छलफलमा सहभागी एक दलित अगुवाले भने –‘ घाईते बिक गाउँमा अरु संग पनि बढि बोल्ने गरेको आवाज लिएर धेरै जना ओईरिएका थिए , नव निर्वाचित वडाध्क्षको पार्टी विरुद्ध चुनावताका पनि नारावाजी गरेको भन्ने सुनियो मुख सम्हाल्नु पर्ने दवाव पनि बढि आयो त्यसैले कुटपिट पछि उनि वुटवल सम्म जातेआते गरेको र उपचार खर्च जोडेर १३ हजार ७ सय १० पिडित लाई दिलाउने र एक महिना पछि थप उपचारको जिम्मा समेत वडाध्यक्ष पुनले लिनु पर्ने सहमति गरिएको हो, ठुलो समुहका सामु हाम्रो केहि लागेन् । ’

यस सम्वन्धमा जिज्ञाषा राख्दा चन्द्रकोट ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक खुमबहादुर पुनले त्यस्तो सहमति भएको तर मिलापत्र अझै नभएको बताए । पिडित बिकले पनि अव बढि नबोल्ने , पिडक वडाध्यक्षले पनि अब उनलाई कुटपिट नगर्ने भन्दै दुवै पक्षले क्षमयाचन गरेको उनले बताए ।

यस घटनाका सम्वन्धमा त्यस भेगका दलितहरुले चिन्ता व्यक्त गरेका छन् । अव आफैले जिताएका वडाध्यक्षले नै दलितहरुलाई कुटपिट गर्ने र पैसा तिरेर उम्कीने हो भने अरु सर्वसाधरणबाट कुटिदा त झन गुहार नै नपाउने हो कि भन्ने चिन्दा बढेको त्यहाँका दलितहरुको चिन्ता रहेको छ । चन्द्रकोट कार्यपालिकाको पहिलो बैठक समेत बस्न नपाउँदै पञ्चायती शासनकालका शासकहरुका विरुद्ध वोले बापत डिग्नो–मुड्की सहे जस्तै अव पनि त्यस्तै शासन सहनु पर्ने हो कि भन्ने चिन्ता त्यहाँका दलितहरुले दुख व्यक्त गरे ।

वडाध्यक्ष पुन नेकपा एमालेबाट विजयी भएका हुन् । एमालेले जिते खरका छाना भएकाहरुलाई जस्ता पाता र बृद्धहरुलाई मासिक ५ हजार चुनाव प्रचारका क्रममा दिन्छौं भनेको र त्यो नदिए जनताले कालो मोसो दल्छन् भनेर बिकले स्थानिय एक महिला संग गरेको कुराकानीबाट आवोसमा आई वडाध्क्ष पुनले उनलाई कुटेको बताईएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै